•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। सरकारले देशैभर सञ्चालन हुने लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा गरेको सम्बोधनमार्फत् यस्तो घोषणा गरेका हुन्।

प्रधानमन्त्रीले १० चैतदेखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको उल्लेख गरेका छन्, तर केही अवधिका लागि भनिए पनि कहिलेसम्म भन्ने खुलाएका छैनन्।

त्यसैगरी, पर्सि ९ चैतदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गर्ने घोषणा प्रधानमन्त्रीले गरेका छन्। अहिले १८ चैतसम्म त्यो घोषणा लागू हुनेछ।

प्रधानमन्त्री ओलीले सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने उल्लेख गरेका छन्।

यस सम्बन्धमा छिमेकी राष्ट्रहरुसँग आवश्यक समन्वय गरिने प्रधानमन्त्रीले बताएका छन्।

त्यसैगरी, देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरू आगामी ९ चैतदेखि २१ चैतसम्मका लागि बन्द गरिएको घोषणा प्रधानमन्त्रीले गरेका छन्।

प्रधानमन्त्री ओलीले महामारीको अवस्थालाई हेरी नागरिककै सहयोगमा थप कदमहरू पनि चाल्न सकिने पनि उल्लेख गरेका छन्।

“यी व्यवस्थाहरूबाट देशभित्र र बाहिर रहेका नेपाली दिदीबहिनी, दाजुभाइहरू र अन्य यात्रुहरूलाई यथाशक्य कम असुविधा होस् भन्नेतर्फ नेपाल सरकार सचेत र संवेदनशील छ”, प्रधानमन्त्रीले भनेका छन्, “म विश्वास दिलाउन चाहन्छु, यस असहज परिस्थितिलाई छिटोभन्दा छिटो अन्त्य गरी जनजीवनलाई सामान्य बनाउन सरकार प्रयत्नशील रहने छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here