•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपालले कोरोना भाइरस संक्रणको व्यवस्थापनका लागि सार्क कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दै सार्क कोषमा १० करोड रकम जम्मा गर्ने जानकारी दिएका हुन् ।

केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा भएको सार्कस्तरीय भिडियो कन्फ्रेन्समा भारतले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न आपतिकालीन कोष निर्माणको प्रस्ताव गरेको थियो ।  भारतले उक्त कोषमा १ करोड डलर जम्मा गर्ने घोषणा गरेको थियो । सो कोषमा अन्य सार्क मुलुकहरुले पनि रकम जम्मा गर्ने घोषणा गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here