• 54
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

धनकुटा १८ चैत
धनकुटानगरपालीक ले नगर भित्र रहेका विपन्न सुकुम्बासी ,दैनिक ज्यालादारी गरी विहान बेलुका छाक टार्ने मजदुर र स्रोतविहिन भएर आपत परेर बसेका परिवारको छनोटगरी राहात वितरण गर्ने भएको छ ।

विस्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिट १९ को उच्च सर्तकता अपनाउदै सरकार ले आह्वान गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी विहान बेलुका छाक टार्दै आइरहेका मजदुरहरु को जिवनयापन मा समस्या परेको भन्दै धनकुटा नगरपालिकाको नगर प्रमुख चिन्तन तामाङको अध्यक्ष्तामा मंगलबार बसेको आकास्मिक बैठक ले राहत घोषणा गरेको हो ।

नगरले राहत पाउनेको हकमा भने दैनिक ज्यालादारी गरी विहान बेलुका छाक टार्ने मजदुर र स्रोतविहिन भएर आपत परेर बसेका परिवारको छनोटगरी वडाबाट पहिचान गरी सिफारीस पठाउनु पर्ने व्यवस्था गरेको छ । राहत सामग्रीमा मन्सुली, पानमारे मन्सुली चामाल २५ केजि ,मुसुरो दाल दुइ केजि ,तेल १ लिटर ,आयो नुन १ केजि ,हात धुने सावुन वडा बाट सिफारिस भएर आएका प्रत्येक परिवार लाइ वितरण गरिन्ने नगरपालिका ले जनाएको छ ।

साथै धनकुटा नगरपालिका भित्र १० ओटै वडामा विदेशबाट १५ दिन अगाडि आएका व्यक्तिहरुको पहिचान गरि वडाहरुले नियमित रुपमा तथ्याङक पठाइ निजहरुलाई आफ्नै घरमा सेल्पल क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाई हिडडुल र सम्पर्कमा कडाई गर्ने निर्णय गरेको छ । त्यस्तै नगरपालिकाको अनुमति विना कुनैपनि संघ संस्था लगाएत कसैले पनि जिन्सी सामान राहत को रुपमा कोहि कसैलाई उपल्ब्ध गराउन र राहतको नाममा नगदी संकलन समेत गर्न समेत नपाउने बैठकले निर्णय गर्दै नगरको एकद्धरा प्रणलि मार्फत राहत वितरण गर्ने निर्णय भएको प्रमुख तामाङ ले बताउनु भयो ।

  • 54
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here