• 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौ चैत २२
नेपालमा थप तीनजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखन्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त हुन् ।

योसँगै नेपालमा कोभिड–१९ को संक्रमितको संख्या ९ पुगेको छ । उनीहरुको केही दिनअघि स्वाब लिएकोमा शुक्रबार गरिएको परीक्षणका क्रममा संक्रमण देखिएको महाशाखाका निर्देशक डा. पाण्डे बताए । तीनैजनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यसअघि, विदेशबाट आएकालाई मात्रै कोभिड–१९ को संक्रमण देखिएपनि पहिलोपटक नेपालभित्रकै महिलामा संक्रमण देखिएको हो । गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को संक्रमण देखिएको थियो । उनी निको भइ घर फर्किसकेका छन् । अन्य संक्रमितको भने ‘आइसोसेलन’मा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

  • 18
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here