• 2.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.4K
    Shares

काठमाडौं । काठमाडौंमा करिब १ महिनादेखि लकडाउनमा निकै कष्टकर दिनहरु बिताएका दोलखालीहरु घर फर्किन पाउदा दङ्गै छन् । नेकपा दोलखाका नेताहरु शंकर लामा, विदुर शर्माको अगुवाई र मेलुङ गाउँपालिकाको सहयोगमा भक्तपुरबाट २३ वटा बसहरु दोलखा आइपुगेका छन् । जिल्ला फर्कनेहरुमा अधिकांश राजधानीमा मजदुरी गर्नेहरु रहेको मजदुर नेता सुन्दर केसीको बताउनु हुन्छ । भक्तपुरको गठ्ठाघर घर फर्कन आएका दोलखाहरु निकै उत्साहित देखिन्थे ।

त्यस्तै, यात्रु व्यवस्थापनमा जुटिरहेका नेता शंकर लामाले दोलखालीहरुको काठमाडौं बसाई निकै कष्टकर भएको गुनासो आएकोले जिल्ला फर्काउने व्यवस्थापन गर्नु परेको भनाई राख्नु भयो । र अर्को दोलखा का नेता तथा जिल्ला समनय समिति का सद्स्य बिदुर सर्मा ले यहा सम्म आएको मन्छे हरु कुनै पनि नफर्काइने भन्दै जति सुकै गाडि थाप्नु परे पनि थपेर घर पठाइने बताउनु भएको भएको थियो ।उता, मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले सामाजिक सञ्जालमार्फत राजधानीबाट मेलुङ आउनेहरुलाई स्वागत समेत गरेका छन् । मेलुङ गाउँपालिका जानेहरुका लागि निशुल्क बसको व्यवस्थापन गरिएको हो ।

रविन्द्र कार्की, सुन्दर केसी, भूमिराज चौलागाई, मिन कुमार शिवाकोटी, लोप्साङ लामा, प्रेम तामाङ, छिरिङ लामा र शैलेन्द्र खड्का लगायतका नेता तथा अगुवाहरु बैशाख ८ गते विहानदेखि नै बसहरुको व्यवस्थापन र दोलखा फर्कन इच्छुकहरु खोज्न दिनभर नै व्यस्त देखिन्थे ।
यस्तै, गौरीशंकर, विगु र तामाकोशी लगायतका स्थानीय तहका नागरिकहरु बोकेर अन्य ८ वटा बसहरु पनि दोलखा प्रवेश गरेका छन् । ती बसहरु भक्तपुर र काठमाडौंका विभिन्न ठाउँहरुबाट साँझ ८ बजेतिर छुटेका थिए । दोलखा फर्कनेहरुको सामान्य स्वास्थ्य परिक्षण पनि गरिएको जनाइएको छ ।

 

  • 2.4K
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here