•  
  •  
  •  
  •  
  •  
  •  
  •  
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्नो नियमित पत्रकार सम्मेलन गरेनन् । उनले पत्रकारहरूले शत्रुतापूर्ण 
प्रश्नमात्रै गरेर समय बेकारमा खर्च गरेको भन्दै शनिवार आफ्नो नियमित पत्रकार सम्मेलन नगरेका हुन् ।

गत बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरसको उपचारमा भाइरस मार्न बाह्यरूपमा प्रयोग गरिने डिसइन्फेक्टर सुईबाट शरीरमा हालेर परीक्षण गर्न सकिन्छ भन्ने अभिव्यक्ति दिएपछि ट्रम्पको सर्वत्र आलोचना भएको थियो ।

चिकित्सक तथा विज्ञहरुले नै ट्रम्पको भनाई गलत भएको बताएका थिए । आलोचित बनेसँगै आक्रोशित बनेका ट्रम्पले ट्वीटमा कमजोर मिडियाले शत्रुतापूर्ण प्रश्नभन्दा अरू नसोध्ने र सत्य वा तथ्यलाई सही तरिकाले लेख्न अस्वीकार गर्ने भएपछि ह्वाइट हाउसमा समाचार सम्मेलन गर्नुको के उद्देश्य नरहेको बताएका छन् ।

यसअघि पनि ट्रम्पले पत्रकारको आलोचना गर्दै आएका छन् । उनले केही मिडियालाई लक्षित गर्दै ‘फेक न्युज’ भन्ने शब्दावली दोहोर्याइ रहन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here