बैशाख १५/हिमानी ट्रष्टले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुलाई अत्यावश्यक सुरक्षा सामग्रीहरु पिपिई, मास्क, पञ्जा, स्यानीटाईजर लगायत वितरण गरेको छ । हिजो हिमानी कोषले काठमाण्डौमेडिकल कलेजलाई आवश्यक सामग्रीहरु प्रदान गरेको छ । हिमानी कोषकी उपाध्यक्षपे्ररणा राज्य लक्ष्मी देवी सिंहले उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । साथै सोहीकार्यक्रममा २० संचारमाध्ययमका संचारकर्मीलाई समेत आपतकालिन समयमा आवश्यक सामग्री प्रदान गरिएको छ ।
राहत वितरण हिजो कोषको कार्यालय बालुवाटारमा राखिएको कार्यक्रममा बोल्दै काठमाण्डौ मेडिकल कलेजकी प्रमुख प्राध्यापक डा. चन्दा कार्कीले नेपालमा समाजसेवाप्रति राजसंस्थाले खेलेको भुमिका अतुलनीय भएको उल्लेख गर्नुभयो । वहाँले आफुलेमहाराजधिराज महेन्द्र, मुमा बडामहारानी रत्न, महाराजधिराज वीरेन्द, बडामहारानी ऐश्वर्य रमहाराजधिराज ज्ञानेन्द्र, अधिराजकुमारी हेलेन, शाहज्यादी जयन्तीका पालामा भएकोसमाजसेवा र वहाँहरुको देश प्रतिको लगावलाई कुनै शब्दले व्याख्या गर्न नसक्ने बताउनु भयो।
सोही कार्यक्रममा बोल्दै हिमानी कोषकी कोषाध्यक्ष शिताष्मा राज्य लक्ष्मीदेवी शाहलेहिमानी कोषले देशका नागरिकलाई असजिलो परेका समयमा सधैँ तत्परताका साथ सहयोगगरेको र कोभिड १९ का कारण उत्पन्न महामारी विरुद्धपनि कोषले उत्तिकै सहयोग गरिरहेको रअझपनि भोक र रोगबाट ग्रसितहरुलाई आवश्यक खाद्यान्न र औषधी उपचारमा समेतसहयोग जारी राख्ने बताउनु भयो ।