•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, बैसाख १७

बहराइनमा एकै दिन ७७ नेपालीमा कोरोना संक्रमण देखिएको छ । बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार एउटा सुपरमार्केट र तीन वटा अलग–अलग कम्पनीमा काम गर्ने नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ जना पुगेको छ । उनीहरुको बहराइनको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको दूतावासले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको पनि दूतावासले जनाएको छ ।

बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ५४६ जना पुगेको छ । जसमध्ये एक हजार २४६ जना निको भइसकेका छन् । बहराइनमा अहिलेसम्म कोरोना संक्रमणबाट आठ जनाको ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here