• 739
  •  
  •  
  •  
  •  
  •  
  •  
    739
    Shares

बैशाख २१ ।  दोलखाको सैलुङ्ग गाउपालिका अन्तर्गत उपत्यका भित्र रहेको नागरिकहरुलाइ  आज बाट राहत बाड्न सुरु गरेको छ। आज गोकर्ण को एक स्थान मा एक कार्यक्रम बीच राहत बाड्न सुरु गरेको हो ।

कोरोन भाइरसका कारण देशमा लक् डाउन धेरै भएपछी सैलुङ्ग गाउपलिका बाट उपत्याका मा बसेको नागरिक हरुलाई पहिलो पटक राहत वितरण सुरु गरेको छ। राहत वितरण अन्तर्गत पहिले वार्ड न १ बाट सुरु गरेको र पहिलो सुरु मा १५ जना लाइ वितरण गरेको कॊरोना आपतकालीन राहत कोष तथा ब्यबस्थापन समन्वय समितिका संयोजक थिर बहादुर मोक्तान ले सुनौलो समाज लाइ बताउनु भयो।

उपत्यका भित्र अतिनै बिपन्न ,अपाङ्ग ,ज्येष्ठ नागरिक , सुत्केरी महिला  तथा एकल महिला हरु लाइ पहिलो चरण मा वितरण सुरु गरेको कुरा आर्थिक बिभाग सङ्गलाल घिसिङ्ग ले बताउनु भयो।अनुगमन  र पहिचान गरि भोलि बाट  २ देखि ८,सम्म सबै वार्ड हरुमा वितरण गर्ने र सबै पहिचान गरि घरघरमा नै राहत पुर्याउने बताउनु भयो ।

“आफ्नो नागरिक लाइ आफै बचाउ, स्थानीय सहयोगी हातहरुको पहिचान र सम्मान गरौ ” मूल नारा सहित सैलुङ्ग बासि कोहि पनि भोको नहोस भनि तत्काल कोष खडा गरि स्थानीय कै सहयोगी मन का धनि हरुको आर्थिक सहयोगमा राहत अभियान सुरु गरेको प्रचार बिभाग पासङ्ग घिसिङ्ग बताउनु भयो। सो अभियान दोलखा प्रदेश न ३का सभासद पशुपति चौलागाई बाट सुरु गरेको थियो ।

  • 739
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here