मानवी मोक्तान
धनकुटा जेष्ठ ।पाख्रिबासनगरपालिकाले अमेरिकन फौजिकीराको प्रकोप नियन्त्रणका लागि गत बैशाख २८ गते देखि सामाजिक दुरी कायम गरि किसानको समस्यालाई मध्यनजर गरि सुरु गरेको विषादि स्प्रे कार्यक्रम प्रभावकारी भएको कृषी शाखा प्रमुख ईन्द्र माया तामाङले वताउनुभएको छ ।
गत बैशाख २८ गते नगरपालिकाको वडा नं १ सान्ने बाट सुरु गरेको विषादि स्प्रे कार्यक्रम अन्तरगत वडा नं १ मा किसानले लगाएको मकैबालिमा फौजि किरा नियन्त्रणको लागि विषादि स्प्रे गरेकाले फौजिकिराको नियन्त्रण मा सुधार आएको कृषि साखा प्रमुख इन्द्रमायाँ तामाङ ले बताउनु भयो । अहिले पनि नगरको विभिन्न वडाहरुमा अमेरिकन फौजिकिरा नियन्त्रणको लागि विषादि स्प्रे गर्ने कार्यक्रम जारी रहेको छ ।
सोहि अन्तरगत आज पाख्रिबासनगरपालीकाको वडा नं ५ घोलिर्खकमा किसानले लगाएका मकै बालिमा विषादि स्प्रे गर्नका लागि विषादि तथा माक्स वितरण गरेको कृषि साखा प्रमुख तामाङ ले बताउनु बताउनु भयो । साथै उहाले अन्यवडाहरुमा पनि फौजिकिरा प्रकोपको अनुसन्धान कार्यजारी रहेको र निरन्तर प्रकोप क्षेत्रमा विषादि स्प्रे गर्ने बतानु भयो । नगरले किसानलाई ५० प्रतिशतअनुदानमा विषादि तथा स्प्रे वितरण गरिरहेको छ ।