•  
  •  
  •  
  •  
  •  
  •  
  •  

मानवी मोक्तान
धनकुटा जेष्ठ ५ ।धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण भेटिएपछि अस्पताल क्षेत्रलाई सिल गरी अस्पताल बाट दिदै आएको सबै सेवा बन्द गरिएको जिल्ला अस्पतालको कार्यकारी प्रमुख डा. तुलसी प्रसाद गुरागाइले बताउनु भयो ।

जिल्ला अस्पताल सिल गरेपछि अस्पताल भित्रको विरामि भित्रै र बाहिर भएका नयाँ आएका विरामि नजिकैको मेडिकल रिफर भइरहेको जिल्ला अस्पतालका कार्यकारी प्रमुख डा. तुलसी प्रसाद गुरागाइले जानकारी दिनु भएको छ । जिल्लाअस्पतालमा रहेका स्वस्थ्य कर्मीहरुको कोभिट १९ परिक्षण को तयारी भइरहेको र प¥याप्त मात्रमा कोभिट परिक्षणका लागि भिटियम लगाएत प्रबिधि उपलब्ध नभएको कारणले विराटनगर बाट आइपुगेपछि आज बेलुकी देखि अन्य स्वास्थ्य कर्मीहरुको पनि परिक्षण थालिन्ने उहाँले बताउनु भयो ।

कोरोना संक्रमित नर्स जिल्ला अस्पताल धनकुटामा ३ वर्ष अघि देखि कार्यरत रहेको र उनी २४ सै घण्टा अस्पतालमै बिरामिको उपचारमा रहेका ले बाहिर कोहि संग पनि सम्पर्कमा नरहेको र संक्रमित स्वस्थ्य कर्मिलाई कसरी लाग्यो भन्ने विषयमा अध्यन अनुसन्धान भइरहेको र अस्पताल भित्र थप सर्तकता अपनाइएको कार्यकारी प्रमुख डा. गुरागाइ ले बताउनु भयो । संक्रमित स्वास्थ्य कर्मिलाई उपचारका लागी विराटनगर कोषि कोराोना हस्पिटल आइताबार पठाएको उहाँले जानकारी दिनुभएको छ । अहिले अस्पताल भित्र चिकित्सक र अस्पतालमा काम गर्ने सहयोगिहरु समेत गरी ९० जना रहेका छन् । स्वास्थ्यकर्मीलाई संक्रमण देखिएपछि जिल्ला प्रशासनले धनकुटा नगरपालिकाको वडा नं ७ को चार किल्ला तोकेर सिल गरेको छ ।

जिल्ला प्रशासन कार्यलय धनकुटाको आइताबार राति सम्पन्न सुरक्षा प्रमुख र सरकारवलाको बैठकले संक्रमित कार्यरत अस्पताल क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो । निर्णय संगै धनकुटा ७ को त्रिवेणि गेटवाट ,बसपार्क, जिरो प्वाइन्ट, परिचय मोड ,यलम्बर चोक, सिनेमाहल हुदै त्रिवेणी चोकसम्मको क्षेत्रलाई सिल गरिएको साहयक जिल्ला अधीकारी जयराम श्रेष्ठले जानकारी दिनुभएको छ । शनिबार चारजना स्वास्थ्यकर्मि र एकजना सुरक्षाकर्मीको स्वाव नमुना संकलन गरी परक्षणका लागि धरानस्थित विपीकोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानको प्रयोग शालामा पठाइको थियो ।

चारजना मध्य एक महिला स्वास्थ्य कर्मीको पोजेटिभ आएपछि पुन.ंपरीक्षणका लागि काठमाडौको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । अस्पतालमा कार्यरत स्वास्थ्य कर्मिको कोरोना परिक्षण गरी रिर्पोट नेगेटिभ आएपछि मात्र सेवा सुविधा पुन सञ्चालन हुने जिल्ला अस्पताले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here