•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटामा कोरोना संक्रमण को संख्या बढ्दै थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पहिलो पटक धनकुटा अस्पतालमा कार्यरत ३४ बर्सिय स्वास्थ्य कर्मीमा कोरोना संक्रमण पुष्टि भए संगै सोमबार धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मि ,बिरामि ,बिरामि कुरुवा गरि ८३ जनाको स्वाब संकलन गरी परिक्षण का लागि धरानस्थित विपिकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।

मंगलबार विपिकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित एक महिला सहित चार पुरुष रहेकाछन् । यो संगै धनकुटामा कोरोना संक्रमित संख्या ६ पुगेको छ ।संक्रमित एक महिला ३४ वर्षकी हुन भने पुरुषहरु २८,२९,३५, र ३७ वर्षका रहेकाछन् ।कोरोना पुष्टि भएकाहरु सबै धनकुटा जिल्ला अस्पतालमा कार्यरत हुन । तीमध्य ३ जना स्वास्थ्यकर्मि र एक जना स्वास्थ्यकर्मिको परिवार सदस्य र एक जना सुरक्षाकर्मि रहेको जिल्ला अस्पतालका सुपरिटेन्डेट डा. पुजन विस्वकर्माले जानकारी दिएकाछन् ।

यस अघि कोरोना संक्रमण पुुष्टि भएका महिला विराटनगर कोषिकोरोना हष्पिटलमा उपचरात रहेकाछन् । ८३ जना को स्वाब संकलन गरिएकोमा ६५ जनाको रिर्पोट आइसकेको छ भने ६५ जनामा गरिएको परिक्षणमा ५ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

अब १८ जनाको रिपोर्ट आउन बाँकिरहेको सुपरिटेन्डेट डा. पुजन विस्वकर्माेले बताए । साथै उनले रिर्पोट आउन बाकिै रहेकाहरुको आज रिर्पोट आउने बताए । थप संक्रमितहरुलाई कोषि हष्पिटल पठाउने तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here