•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा,जेठ ७।धनकुटामा कोरोना संक्रमित संख्या बुधबार एकजना ३४ वर्षिय सुरक्षा कर्मीमा पुष्टि भए संगै ७ पुगेको छ ।

पहिलो पटक धनकुटा अस्पतालमा कार्यरतस्वास्थ्य कर्मीमा कोरोना संक्रमण पुष्टि भए संगै सोमबार धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मि ,बिरामि ,बिरामि कुरुवा गरि ८३ जनाको स्वाब संकलन गरी परिक्षण का लागि धरानस्थित विपिकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।

६५ जनाको मंगलबार विपिकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । रिपोर्ट आउन बाँकि १८ जना मध्य बुधबार साझँ आएको रिर्पाटमा थप एक जना ३४ वर्षिय पुरुष सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको जिल्ला अस्पतालका सुपरिटेन्डेट डा. पुजन विस्वकर्माले जानकारी दिएकाछन् । यो संगै धनकुटामा कोरोना संक्रमित संख्या ७ पुगेको छ । मंगलबार कोरोना पुष्टि भएका संक्रमितहरुलाई उपचारका लागि विराटनगर कोषि हस्पिटलमा स्थापना गरिएको कोरोना कोभिट १९ हस्पितल रिर्फर गरिएको छ।

बुधबार संक्रमण पुष्टि भएका ३४ वर्षिय सुरक्षाकर्मीलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखेको डा. पुजन विस्वकर्माले जानकारीदिएको छ । उनलाई भोली कोषि हस्पिटल पठाइन्ने छ । कोरोना संक्रमितहरु सबैको अवस्था समान्य रहेको जिल्ला अस्पतालले जनाएको छ । धनकुटामा दुइमहिला सहित ५ पुरुषमा कोरोना संक्रमण देखिएको छ । जस मध्य दुइ सुरक्षकर्मी , चारजना स्वास्थ्यकर्मी रहेकाछन भने एक स्वास्थ कर्मीको परिवार सदस्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here