• 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

ए शासक ! !

ए शासक तिम्रो न्यायलयले
वर्षौ देखि हाम्रो न्याय बेचिरहेको छ
जसले तिमि हिड्ने बाटोदेखि
तिमिले पुज्ने देबता बनायो
तिम्रो तिर्खा देखि तिर्सना मेट्न
तिम्रो भोक देखि रहर मेट्न
धर्ति बनाएर आफै माथि हलो जोतिरहने
यि पौरखिलाइ स्वाभिमानको साथ जिउने
के अधिकार छैन र तिम्रो राज्यमा ?

ऐ शासक तिम्रो राज्यले सदियौंदेखि
हामिलाइ लुटिरहेको छ
जसले तिम्रो दरबारको एक एक इट्टा सङ्ग
प्रत्येक भित्ताहरु सङ्ग आफ्नो उर्जा र सोन्दर्य पोतेको छ
तिम्रो लाज ढाक्न देखि शान राख्न सम्म
निरन्तर आफुलाइ जागै राखे को छ
ऐ शासक उ कसरि सानो भयो ?
उ तिम्रो देश हो
उ कसरि अछुत भयो?

ऐ शासक तिम्रो स्वर्गको प्रत्येक सुवासमा यि
अछुतहरुको पसिना र पौरखको तिखो वास्ना मिसिएको छ
सक्छौं त न बाच तिमिहरु
तिमिले टेक्ने धर्तिमा दलित बाचेको छ
तिमिले पुज्ने देवता अछुतले बनाए पछि
तिम्रो स्वर्ग तिम्रो संसार बनाउने मालिक अछुत भए पछि
तिमि एक्लै चोखो बाच्ने संसार खोज
जहाँ अछुतका सपना नहुन
जहाँ अछुत नहोस
जहाँ तिमिलाइ
दलितलाई छोएको हावाको सानो झोकाले पनि
न छोइ भागोस
तिमी त्यस्तै ब्रह्माण्ड को सृष्टि गर!

ऐ शासक तिम्रो सासन व्यबस्थाले
निरन्तर अपराध जन्माइ रहेको छ
हत्याराहरुलाई पैरवी दिने तिम्रो व्यबस्था
भ्रष्टाचारी हरुलाइ पुरुस्कार दिने तिम्रो शासन
अबोध प्रेमिहरुलाइ फासि दिने तिम्रो सुरक्षा निकाय
आमाको गर्भ भित्र गोलि चलाउने
तिम्रो शक्ति को आयु कति होला
तिमीले आफ्नो दिन गन्ती सुरु गर्दा हुन्छ !

ऐ शासक तिम्रो शासन व्यबस्थाले
हेर देश जलिरहेको छ
हामि जुलुस बनेर तिमिले पाएको शक्ति ले
हामि लडेर तिमिले जितेको युद्द ले
हामि मसाल बनेपछि तिमिले पएको स्वर्ग ले
निरन्तर अपराध र अन्याय मच्काइ रहेको छ
निरन्तर बल्त्कारि र हत्यारा को भर्ति गरेको छ
बिभेदर असमानता जन्माइ रहेको छ
पर्ख हेर देश अब जल्ने छैन
देश जलाउने हरुनै न बचे पछि
हाम्रो सपना समृध्द हुने छ
देश लुट्नेहरुनै नरहे पछि
अब त बिभेदको अन्त्य हुन्छ
बिभेद का पण्डित्याइँ गर्नेहरु नरहे पछि !

ऐ शासक तिम्रो शासनको अन्तय पछि हाम्रो
संसारको रङ्ग फेरिने छ
सुवास बढ्ने छ
धर्ति चम्कने छ
सबै सचेत र असल भए पछि
यो धर्ति मुस्कुराउने छ
आफ्नै आफ्नै रङ्ग र सुवास छरेर योद्धाहरुले
यो देश सिगार्ने छन
युद्द हो यो युद्ध बाटै
देशको फोहोर गाडेर फर्कने छन !

  • 22
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here