•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं | अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ।

विरोध प्रदर्शनमा सहभागी युवाहरुले एमसीसी ‘राष्ट्रघाति’ रहेको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। उनीहरुले ‘रिजेक्ट एमसीसी’, ‘नपढ्नेहरु नै एमसीसीका पक्षधरहरु हुन्’, ‘लेट्स सेभ नेपाल एण्ड रिजेक्ट एमसीसी’ लगायतका नारा लेखिएका प्लेकार्डहरु बाेक‍ेका थिए।

एमसीसीविरुद्धको विरोध र्‍याली काठमाडाैँको माइतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्म पुगेकाे थियो। सरकार एमसीसी सम्झाैता जसरी पनि पास गर्न लागिपरेको भन्दै त्यसको चौतर्फी विरोध चर्को विरोध हुँदै आएको छ। एमसीसी पास गर्ने सम्बन्धमा सत्तारुढ नेकपामा पनि एकमत छैन। नेकपामा वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल लगायतका नेता एमसीसीकाे विपक्षमा उभिँदै आएका छन्।

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने एमसीसीको पक्षमा उभिँदै आएको छ। कार्यक्रममा बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य जागृत रायमाझी, विद्यार्थी नेताहरु मदन अर्याल, सुरेन्द्र बस्नेत, पवन कार्की, लोप्साङ लामा, मिनकुमार शिवाकोटी, रबिन बस्नेत, समीर बुढाथोकी मुक्ति, सुगम कटवाल, सन्जिब फुयाल, सन्जिव चौधरी, उपदेश यादव, निरोज श्रेष्ठ, दुधराज तामाङ, पुजा खुसी, निर्ग नवीन लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here