धनकुटा असार १२ ।धनकुटाको पाख्रीवास नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानहरुलाई कागति र सुन्तलाको विरुवा वितरण गरेको छ ।
किसानहरुलाई फलफुल खेतीमा व्यवसायीक वनाउन ९३ जना किसानलाई ३ हजार विरुवा वितरण गरेको कृषी शाखा प्रमुख ईन्द्रमाया तामांले जानकारी दिनुभयो । सवै वडामा गरी २ सय रोपनी क्षेत्रफलमा पुग्ने गरी उल्लेखित संख्याका किसमानलाई नगर प्रमुख वृष वहादुर राईको उपस्थितीमा विरुवा वितरण गरिएको जनाईएको छ ।
चालु आर्थिक वर्षको किसानहरुलाई फलफुल खेतीमा व्यवसायीक वनाउने वर्षे कार्यक्रम अन्तरगत किसानलाई विरुवा वितरण गरेको नगरको कृषि साखा कार्यलयले जनाएको छ ।