•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा असार १५।
जननेता मदन भण्डारीकको ६९ औ जन्मजयन्ति विभिन्न कार्यक्रम गर्दै मनाईएको छ । जन्मउत्सवको अवसरमा मदन भण्डारी जिल्ला फाउण्डेशन धनकुटाको आयोजनामा धनकुटा वहुमुखी क्याम्पस परिषरमा फलफुलको विरुवा रोपण गरिएको छ ।

फाउण्डेशनका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थितीमा एवोकाडोको ५० र चियाको ३ सय वोट विरुवा रोपीएको फाउण्डेशनका अध्यक्ष निरेन तामाङ्गले जानकारी दिनुभयो । त्यस्तै मदन आश्रित प्रतिष्ठानको वाल केन्द्रमा रहेका १६ जना वालवालिकाहरुलाई खाद्यान्न तथा फलफुल समेत वितरण गरिएको उहाँले वताउनुभयो ।

दिवसकै अवसरमा मदन भण्डारी फाउन्डेसन छथरजोरपाटि गाँउपालिका धनकुटाले आयोजना गरेको जन्मउत्सवको मा जेष्ठ नागरिहरुलाई सम्मान गरिएको छ । फाउण्डेशनका अध्यक्ष चन्द्र कुमार लिम्वुको अध्यक्षता तथा १ नं प्रदेश सभा सांषद ईन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा सो गाउँपालिकाका ६ वटै वडाका १८ जना जेष्ठ नागरिकहरुलाई नगद सहित सम्मान पत्रे प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको हो । भने गाउपालिकालाई प्रशंसा पत्रले सम्मान गरेको छ ।

कार्यक्रममा वोल्दै प्रदेश सांषद पराजुलीले नेपाल कम्युनिष्ट पाटीले राजनितिक दस्तावेज पारित गरेर ईतिहाँस रचेको वताउनुभयो । जुन दस्तावेजले सारमा जवजले लिएको नीति विचार र मुल्य मान्यता अङ्गिकार गरेको वताउनुभयो । अव यही दस्तावेजले रचेको ईतिहाँसको जगमा टेकेर मूलुकको परिवर्तन गर्ने र समाजवाद तर्फ उन्मुख गर्न आफुहरु लागेको उहाँले वताउनुभयो । योग्यता र क्षमता अनुसारको काम र काम अनुसारको दाम समाजवाद हो, जहाँ शोषण उत्पिडन र विभेद हुँदैन त्यो समाज समाजवाद हो भन्दै उहाँले त्यहाँ पुग्ने उद्घोष संविधानले गरेकोले समाजवादको लक्षमा पुग्न सवै एकजुट भई लाग्नुपर्ने वताउनुभयो । शहिदहरुले सधै अगाडी वढ्ने प्रेरणा प्रदान गरिरहने भएकोले आफुहरु त्यही प्रेरणाको वाटोवाट अघि वढ्नुपर्नेउहाँले वताउनुभयो ।

त्यस्तै गरी कार्यक्रमका विशिष्ट अतिथि छथरजोरपाटी गाउँपालिका अध्यक्ष शेर वहादुर लिम्वुले विश्वमा कम्युष्टिहरुको अन्त्य हुँदै आईरहेको अवस्थामा जननेता मदन भण्डारीले प्रतिपादन गरेको दृष्टिकोण र विचारको कारण जीवन्त रहन सहयोग पुगेको वताउनुभयो । उहाँले जनता नै मालिक हुन् , जनता नै सवै भन्दा ठूला हुन र जनता भन्दा माथि कोही हँदैन भन्ने विशेषताले नै कम्युनिष्टहरु जनताको वीचमा लोकप्रिय भएको वताउनुभयो । उहाँले जवजको सिदान्त अनुसार नै देशमा आवधिक निर्वाचन हुने, जनताको पक्षमा काम गर्ने जस्ता अवसर आएको वताउनुभयो ।

फाउण्डेशनका जिल्ला अध्यक्ष निरेन तामाङ्गले जननेता भण्डारीको सिद्धान्तले नै राज्यले अहिले तीन तहको सरकार प्राप्त गरेकोले अव जनता निराश हुन नपर्ने वताउनुभयो । जनताले चाहे जस्तो वर्गीय रुपमा न्यायोचित ढंगले मूलुकमा स्थानिय सरकार २० वर्ष पछि स्थापना भएकोले २० वर्षदेखीको समस्या हटेर उपलव्धि हाँसिल भएको उहाँले वताउनुभयो । मुलुकलाई दश पन्ध्र वर्ष भित्र २० वर्षदेखीको जनताको आवश्यक्ता पूरा गर्न धेरै विकास निर्माणका कामहरु भईरहेको समेत उहाले वताउनुभयो । उहाँले मनमोहन अधिकारीले रु १ सय देखी शूरु गरेको वृद्धभत्ता ५ हजार पर्याउने लक्ष रहेको जानकारी गराउदै सामाजिक सूरक्षा असाहाय दुखी निम्न वर्गकाहरु लाई सहयोग गरिरहेको वताउनुभयो । फाउण्डेशनले जेष्ठ नागरिकहरुले गरेको योगदानको वारेमा ईतिहाँसमा जिवन्त राख्न धनकुटामा तथ्याङ्क संकलन गर्ने तयारी भइरहेको वताउनुभयो ।

कार्यक्रममा नेकपा छथरजोरपाटीका अध्यक्ष ईन्द्र सारु मगर,ईञ्चार्ज विष्णु पारघरीले मदन भण्डारीको जीवनीको चर्चा गर्दै सम्मानित हुनेहरुलाई शूभकामना दिएका थिए । सम्मानित हुने जेष्ठ नागरिकहरुको तर्फबाट वोल्दै भगीरथ लिम्वु र “ठूलो” सान वहादुर लिम्वुले देशमा कम्युनिष्ट सरकार ल्याउनका लागि पञ्चायतिकाल देखी आफुहरुले गरेको संर्घषको कुरा सुनाएका थिए ।

कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष पदम वहादुर सिंजालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव भरत कार्कीले गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष्यहरु र केदार नाथ स्मृति प्रतिस्ठानका गाँउपालिका अध्यक्ष्य लोकेन्द्र चापागाइ लगाएतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here