• 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

धनकुटा असार १६
धनकुटाको साँगुरीगढी गाँउपालिका वडा नं ६ स्थित कार्किछापमा गएराति विराटनगर बाट संखुवासभा जादै गरेको ट्रक दुर्घटना हुदा ट्रकचालकको घट्ना स्थलमै मृत्यू भएको छ ।

सामान बोकेर संखुवासभातर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक राती करिब साढे ९ बजे दुर्घटना भएको हो । ट्रक सडक छेउमा रहेको घर किचेर करिब ५० फिटतल खसेको छ । दुर्घटनामा परि ट्रक चालक मोरङ सुन्दर हरैचा बस्ने वर्ष २९ का राजु श्रेष्ठको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरि कार्यलय धनकुटाका प्रवत्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिएको छ ।

सडक छेउमा रहेको घर ट्रकले किचिदा कल्पना सुब्बाको १२ वर्षिय छोरी घाइते भएको छ । अनियत्रित भएर पलटेको ट्रकले घरकिचिदा टाउकोमा सामन्य चोट लागेका घाइते १२ वर्षिय कल्पना सुब्बाको छोरी भने स्थानिय मेडिकल भेडेटारमा उपचार पछि घर फर्केको र अहिले उनको अवस्था समान्य रहेको डिएसपी श्रेष्ठले बताउनु भयो । ट्रकका सहचालक मान बहादुर कार्की अहिले प्रहरीको सम्पर्कमा आइसकेकाले घट्नाको विषयमा थप अनुसन्धान भइरहेको र अनुसन्धाको क्रममा मान बहादुर कार्की ट्रकको साहुजी रहेको खुलेको डिएसपी श्रेष्ठले बताउनु भयो ।

मृतक ट्रक चालक राजु श्रेष्ठको सब पोष्मार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । अहिले पल्टेको ट्रकलाई जेसिबी क्रेन लगाएर तान्ने तयारी भइरहेको जिल्ला प्रहरीकार्यलय धनकुटाले जानकारी दिएको छ ।

  • 2
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here