•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । धनकुटा नगरपालिकामा सञ्चालित आप्रावासी श्रोत केन्द्र प्रभावकारी भएको धनकुटा नगरपालिकाको आप्रावासि श्रोत केन्द्रका सुचना अधिकृत मञ्जु राइले बताउनु भयो ।

आप्रावासी श्रोत केन्द्र धनकुटा नगरपालिकाको आयोजनामा आज हिलेमा सुरक्षित बैदेशिक रोजगारीका लागि सचेतना कार्यक्रम को सहजीकरण गर्नुहुदै उहाँले आप्रावासी श्रोत केन्द्रबाट अहिले सम्म दिएको सेवा तथा परामर्श र उपलब्धिको जानकारी गराउनु हुदै श्रोत केन्द्र प्रभावकारी हुदै गइरहेको बताउनु भयो । साथै उहाँले आप्रवासि स्रोत केन्द्रबाट प्रदान गरिने सेवाहरु को विषयमा जानकारी गराउदै उहाँले स्वदेशमा रोजगार हुनकालागि जानकारी प्रदान गरीन्ने ,सुरक्षित वैदेशिक रोजगारीको लागि सूचना र परामर्श सेवा उपलब्ध ,वैदेशिक रोजगारीमा भइरहेको ठगीलाई कम गराउन र ठगीमा परेकालाई क्षतिपूर्ती उपलब्ध गराउन सहयोग गर्ने, विदेशमा अलपत्र वेपत्ता भएका र विभिन्न समस्यामा परेकाहरुको स्थिति पत्ता लगाउन सहयोग गर्ने र मृत्यु र अंगभंग भएका कामदारहरुको हकमा वैदेशिक रोजगार वोर्ड, सम्बन्धित निकायवाट प्रदान गर्ने आर्थिक सहायता उपलब्ध गराउने लगायत को सेवा प्रदान गरिरहेको जानकारीदिनु भयोे ।

उहाँले वर्तमान अवस्थामा वैदेशिक रोजगारीको चुनौतिहरु , सुरक्षित वैदेशिक रोजगार र बैदेशिक रोजगारीबाट फर्किएकालाई व्यवस्थापन गर्न पालिकाको भुमिका विषयमा पनी सहजिकरण गर्नु भएको थियो । आप्रावासी स्रोत केन्द्र धनकुटा नगरपालिकामा २०७५ साल माघ २२ गते स्थापना भएको जानकारी दिदैै स्थापना पश्चात सञ्चालन गरिएका परामर्श तथा सूचना दिएको संख्या प्रस्तुत गरेका थिए । जस अनुसार २०७५ साल माघ २२ गते देखि २०७६ साल फागुन सम्ममा बैदेशिक रोजगारीमा जानलागेका तथा वैदेशिक रोजगारीमा जनाकालागि पासपोर्ट बनाउन आएका महिला १ हजार ९८ रहेको र पुरुष १६ सय ६९ जना गरी जम्मा २ हजार ७ सय ६७ जनालाई सुचना तथा परामर्श दिएको केन्द्रमा रेकर्ड रहेको उहाँले जानकारिदिनु भयो ।

यस सुचना केन्द्र मार्फत सेवालियको तथ्याङक अनुसार धनकुटा नगरपालिकाको ६ सय ६७ जना , पाख्रिबास नगरपालिकाको ४ सय ८७ जान,माहालक्ष्मी नगरपालिकाको ४ सय ६७ जना , छथरजोरपाटि गाँउपालिकाको ४ सय ९ जना , सहिदभुमि गाँउपालिकाको ४ सय र सागुरी गढीको ३ सय ३७ जना रहेको छ । चौबिसे गाउपालिकाको भने चौबिसे गाँउपालिकामै पासपोर्ट बनाउने भएका ले तेहिको आप्रवासी स्रोत केन्द्रमा रेर्कड रहने जानकारि दिनुभयो ।

अहिले धनकुटानगरपालिका बाट सञ्चालित आप्रावासी श्रोत केन्द्रले जिल्लाको ६ वटा स्थानियतहहरुलाई सेवा दिइरहेको बताउनु भयो । त्यस्तै गरी यस स्रोत केन्द्रले स्थापना पछि हासिल गरेका उपलब्धिहरुमा बैदेशिक रोजगार सम्बिन्धि दर्ता भएको मुद्धा १८ मध्य ८ ओटा सफल भयको र ४ मृत्यू ,१ दुर्घटना ,ठगी १ गरी अन्य ७ वटा केश मिलाएको र बैदेशिक रोजगारीमागएका आफ्न्त गुमाएका परीवारका २ जनालाई वैदेशिक रोजगार वोड मार्फत छात्रावृदि उपलब्ध गराएको जानकारी दिनु भयो ।
त्यस्तै गरी धनकुटा नगरपालिका वडा नं १ का वडा अध्यक्ष निरन तामाङ ले कार्यक्रममा बोल्नु हुदै श्रम बेचेर देश कहिले उभो नलाग्ने भन्दै अबका दिनमा श्रम बेच्नका लागि होइन उत्पादन निर्यात गर्न आवश्यक रहेको बताउनु भयो । साथै धनकुटा नगरपालिकाको स्वदेशमा नै कमाऔ,स्वदेशमानै रमाऔ ,बैदेशिक रोजगारीलाई सुरक्षित बनाउ भन्ने नारा रहेकाले यूवाहरुलाई दक्ष र उत्पादन क्षेत्रमा लाग्नका लागि प्रोत्साहन मुलक , सिप विकास तालिम ,व्यवसाय तथा उद्योग सञ्चालन गर्नका लागि सहयोग गर्ने बताउनु भयो ।

श्रम बेच्नका लागि होइन उत्पादन बेच्नका लागि विदेश जाने वातवरण सिर्जजना गर्न का लागि अहिले स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार सहयोग गर्न तयार रहेको भन्दै उहाले यूवाहरुलाई कार्यक्रम वडामा लियर आउन पनि अनुरोध गर्नु भयकोछ ।

कार्यक्रममा कार्यपालिका सदस्य कल्पना थापा, वडासदस्य लालचन गोङवा, वडा सचिव गिता तिँिम्सना ,नेकपा धनकुटा नगरका नगर इन्र्चाज नकुल राई, नेकपा वाडा नं १ का अध्यक्ष कमल थिङ र सुरेन्द्र थापा लगायत वडा नं १ हिलेका का यूवाहरुको सहिभागिता थियो । कार्यक्रमको सञ्चालन सामाजिक परिचालक मिलन खड्काले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here