•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा,
नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गिय पुस्पलाल श्रेष्ठको ४२ स्मृति दिवसको अवसरमा धनकुटा जिल्लाको सातवटैतहका ६० वटै वडामा वृक्षा रोपण गरिन्ने भएको छ । नेपाल कम्यूनिष्ट पार्टी नेकपा धनकुटाले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै धनकुटा जिल्लाको सात वटै स्थानियतह र ६० वटै वडालाई आगामि असार ७ गते बुधबारका दिन वृक्षा रोपण गर्न आह्वान गरिएको हो ।

नेकपा धनकुटाका जिल्ला सचिव ऋषिराम ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै नेता तथा कार्यकर्तालाई वृक्षारोपणमा सक्रियता पूर्वक सहभागी भई कार्यत्रलमलाई सफल पार्न आग्रह गरेकाछन् । जिल्ला कमिटिका नेताहरु जुन जुन स्थानमा हुँनुहुन्छ त्यहि स्थानको वृक्षा रोपण कार्यक्रममा सहभागी हुन र पार्टी मातहतका सबै कमिटि, पार्टी सदस्य, समर्थक एवं शुभेक्षुकसमेतमा कार्यक्रममा सहभागी हुन आग्रह गदैछौं । जिल्ला सचिव ढुंगानाद्धरा जारी विज्ञप्तिमा आह्वान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here