•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा,
कृषि अभियान्त जिवन प्रसाद राईको समृद्धिको आधार कृषि पर्यटन अभियानताको देशाटन अनुभव नामक यात्रा संस्करण लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार मदन पुरस्कार बिजेता झमक घिमिरे बाट एक कार्यक्रमको बिच समृद्धिको आधार कृषि पर्यटन अभियानताको देशाटन अनुभव नामक पुस्तक लोकापर्ण गरीएकोे हो ।

वरिष्ठ साहित्यकार झमक घिमिरले पुस्तक विमोचन गर्नु हुदै नेपालको कृषि पर्यटनको कल्पनालाई जिवन्त राख्न कृषि क्षेत्रको विकासको लागि ठुलो भुमिका खेल्ने बताउनु भयो । साथै उहाँले हाम्रो जिवन संग जोडिएको कृषि कर्मलाई प्रत्येक मान्छेले आफ्नो जिवन शैलि बनाउने हो भने नेपालिहरुको जिवनमा समृद्ध खोजन टाढा कतै गइराख्नु नपर्ने बताउनु भयो ।
त्यस्तै झमक घिमिरे साहित्कार प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईले इच्छा शक्ति भएका यूवाहरु ले केहि गर्न आवश्यक रहेको भन्दै कृषि पर्यटन क्षेत्रमा लाग्नका लागि समृद्धिको आधार पुस्तकले पे्ररणा दिने बताउनु भयो । यूवाहरु लागेमात्र कल्पना गरेअनुसार देश बन्ने उहाको भनाइथियो ।

त्यस्तै विमोचनका क्रममा नेकपा धनकुटाका प्रचारप्रसार विभागका संयोजक तथा सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय उपाधयक्ष अर्जुन राईले पनि समृद्धिको आधार पुस्तक हरेक नेपालिको जिवन संग जोडियको पुस्तक भयकाले पठनिय रहेको र विशेष गरि यूवाहरुलाई प्रेरणा मिल्ने भएका ले गहन रुपमा अध्यनगरि त्यस्लाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनु भयो । त्यस्तै प्राध्यापक जनार्दन घिमिरे ,साहित्यकार मुकुन्द प्रयास , पत्रकार माहासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ , साहित्यकार मुकुन्द प्रयास र साहित्यकार तथा पत्रकार रमेश चन्द्र अधिकारीले समृद्धिको आधार पुस्तक महत्वपूर्ण दस्तावेज भएको धाराण राख्दै सबैले पुस्तक अधययनगरी व्यवहारमा उर्ताण आवशयक रहेको बताउनु भयो ।
लेखक जिवनप्रसाद राइले संमृद्ध नेपाल निमार्णमा कृषि उत्पादन र कृषि पर्यटनको भुमिका बारे खोज गर्ने उद्देश्यले नेपालको ७७ वटै जिल्लाको २ सय ६६ नगरपालिका ३७९ गाँउपालिको ७ वर्ष ९ महिना १९ दिन भ्रमण गरि ७ वटै प्रदेशहरुको बारेमा कुन प्रदेशमा के कस्ता कृषि पर्यटनको व्यवसायिक कृषिको बिकासका लागि कृषि ,पशु पंक्षि, माछा , वनस्पति, जलस्रोत तथा भुगोलमा संभावनाहरुको गहन अधययन र बिश्लेषण गरेर पुस्तक तयार पारिएको राइले बताउनु भयो । लेखक तथा कृषि अभियान्त राई को यो पुस्तक १९ औ कृति हो । यस अघि उहाँले देश किन बन्दैन, कृषिमा करोडपति जस्ता कृतिहरु प्रकाशन गरेका थिए । धनकुटा नगरपालिकाको कचिडे स्थित वरिष्ठ साहित्यकार झमक घिमिरेको निवासमा पुगी लेखक राइको कृति लोकापर्ण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here