•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा।नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गिय पुष्पलाल श्रेष्ठको ४२ स्मृति दिवसको अवसरमा नेपाल कम्यूनिष्ट पाटी नेकपा छथरजोरपाटि गाँउपालिका कमिटी धनकुटाको आयोजनामा गाँउपालिकाको ६ वटै वडामा वृक्षारोपण तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ ।

वृक्षारोपण तथा अन्तरसंवाद कार्यक्रम नेकपा छथरजोरपाटि गाँउपालिका कमिटीका अध्यक्ष इन्द्रसारु मगरको अध्यक्षता तथा नेकपा १ नंम्वर प्रदेशका सदस्य एवम निर्वाचन क्षेत्र नं ख का इनर्चाज उज्वल किरातीको प्रमुख आतिथ्मा सम्पन्न भएको होे । कार्यक्रमका प्रमुख अतिथि उज्वल किरातिले छथरजोरपाटी गाँउपालिकाको पर्यटकिय स्थल ध्वजे डाँडामा धुपिको विरुवा रोपेर कार्यक्रमको उद्धद्याटन गर्नुभएको थियो । वृक्षारेपण कार्यक्रम पछि भएको अन्तरसंवाद कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि किरातीले आमजन्ताको कम्यूनिष्ट पार्टीको स्थापना गर्नका लागि कम्यूनिष्ट आन्दोलनमा नेतृत्व र खेलेको भुमिकालाई व्यवहारमा लागु गर्न आवश्यक रहेको भन्दै उहाँले संस्थापकहरुले देखेको सपना र परिकल्पना र उद्धेश्यमा पुग्नका लागि सबैले कम्यूनिष्ट अनुसासन पालना गर्नुपर्नेमा जोडदिनु भएको छ ।

त्यस्तै उहाँले नेपाल कम्यूनिष्ट पाटि भित्र विभिन्न समयमा आएको आरोह अवरोह र विभाजित हुदै विभिन्न आकार स्वरुपले पाटी हिडे पनि ति सबैको उद्धेश्य एउटै रहेको कारण पुन पार्टी एकता भएको भन्दै अहिले पार्टी एकता भएको २ वर्ष पुरा भइसकेको बताउनु भयो । पार्टीभित्र बेथिति मौलाएर गए जन्ताको पार्टी जन्ताबाट कम्जोर हुने भएकाले निरन्तर बहस छलफल हुन आवश्यक रहेको भन्दै अहिले पार्टी भित्र बहस चलिरहदा तरङगित हुनु पर्ने अवस्था नरहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेकपा धनकुटाका सचिवालय सदस्य सिब आङला ले कार्यक्रममा बोल्दै स्वर्गिय पुष्पलाल श्रेष्ठको जिवनि र योगदानको चर्चा गर्नु हुदै उहाँले पुष्पलाल श्रेष्ठको विचार र योगदान , उद्धेश्य अनुरुप भावि यूवा पुस्ता कार्यकर्ताहरु अगाढि बढ्न आवश्यक रहेको बताउनु भयो । त्यस्तै नेकपा धनकुटाका सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र नं २ का संयोजक गोमा कार्किले अग्रजहरुको योगदान र विचारले गर्दा नै अहिले तिन तहको सरकार पाएको भन्दै स्वर्गिय पुष्पलाल श्रेष्ठको ४२ स्मृति दिवसको अवसरमा रोपिएको वृक्षारोपनले पछिल्लो यूवा पुस्ता माझ स्मरणको रुपमा रहने बताउनु भयो ।
कार्यक्रममा छथरजोरपाटि गाउपालिका वाड नं २ का वडा अध्यक्ष कृष्ण कुमार मगर , गाँउकार्यपालिका सदस्य दासाङ सेर्पा , वडा सदस्यहरु बाबुराम कार्की,सेर बहादुर लिम्बु ,जानुका नेपालि ,टंकमाया मगर , सामुदायिक जिल्ला वन माहांसंघ का अध्यक्ष निल बहादुर थापा , जिल्ला कमिटि सदस्य पदम भण्डारी ,दिपक आले ,मदन भण्डारी फउण्डेशन छथरजोरपाटीका उपाध्यक्ष पदम सिजाली , लगायत पार्टीका कार्यकर्ताहरुको कार्यक्रमा सहभागिता थियो । कार्यक्रमको सञ्चालन नेकपा छथरजोरपाटि गाँउपालिका कमिटीका सचिव ज्ञानेन्द्र बहादुर कार्कीले गर्नु भयको थियो । सो अवसरमा गाँउपालिका भित्रको ६ वटै वडामा गरी १५ सय फलफुल तथा अन्य विभिन्न जातका विरुवा रोपियको अध्यक्ष इन्द्र सारु मगरले बताउनु भयो ।

त्यस्तै गरी छथर जोरपाटि गाँउपालिकाको प्रदेश नं १ कै पर्यटकिय स्थल पटेक डाँडमा छथरजोरपाटि गाँउपालिका अध्यक्ष सेर बहादुर लिम्बुको प्रमुख आतिथ्यमा पटेक डाँडामा धुपि सल्लाह गुरास लगायत को विरुवा वृक्षारोपण गरिएको पटेक डाडा व्यवस्थापन समितिले जनकारी दिएको छ । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गिय पुष्पलाल श्रेष्ठको ४२ स्मृति दिवसको अवसरमा धनकुटा जिल्लाको सातवटै स्थायितहका ६० वटै वडामा वृक्षारोपण तथा अन्तरसंवाद कार्यक्रम अयोजना गरेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here