• 1.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

ललितपुर ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ५ मा केहि दिन अगाडी अविरल बर्षका कारण पहिरोमा परेको ६५ घरधुरीको  बाढीपिडितलाई राहत सामग्री वितरण गरेको थियो।

काठमाडौं मा रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेन ग्रुप को संस्थापक बसन्त लामा काे संयोजकत्वमा राहत वितरण गरेको थियो । सनिबार सिन्धुपाल्चोक को  बाह्रबिसे नगरपालिका वडा नं ५ मा  पुगेर वितरण गरेको थियो ।उहाहरुले पहिरो तथा बाढीपिडितलाई अहिले तत्कालको लागि प्रति परिवार एक एक बोरा चामल वितरण गरेको बताउनु भयो। तेसै गरि पहिरो मा परि घाइते हुनेहरुको  उपचारको लागि ५० हजार नगद रकम समेत दिनु भएको थियो।

राहत वितरण कार्यक्रममा बाह्रबिसे नगरपालिकाका मेयर निम फुन्चो शेर्पाको आतिथ्यमा बर्गर हाउस ग्रुप बाट सुनिल लामा, सन्जीप लामा, कृष्णा लामा, सज्जन लामा, लोप्साङ लामा, दिपक लामा, कुल ब. मोक्तान, छिरिङ्ग लामा, सोनाम लामा,आर्यन लामा, टलक लामा लगायतको  सहभागी रहेको थियो ।

  • 1.5K
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here