•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा

भूमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं १ ले कोरोना भाईरसबाट प्रभावित धनकुटाका किसानलाई राहत उपलब्ध गराएको छ ।
मन्त्रालयले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटा र कृषि ज्ञान केन्द्र धनकुटा मार्फत १ करोण ५३ लाख ७१ हजार ४ सय ५१ रुपैया बराबरको राहत रकम हस्तान्तरण गरेको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटा र कृषि ज्ञान केन्द्र धनकुटाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा भूमी ब्यबस्था, कृषि तथा सहकारी राज्य मन्त्रि रामबहादुर मगरले किसानहरुलाई उक्त रकम हस्तानतरण गर्नुभएको हो ।

लकडाउनका कारण तरकारी÷च्याउ अनुदान,हरियो चिया र कृषि ऋण ब्याज अनुदान कार्यक्रम तथा कृषि तथा पशुपन्छिजन्य उत्पादनको बजारीकरण मा अवरोध भई किसान , उद्योगी तथा व्यवसायीहरुको क्षती न्युनीकरण गर्न उक्त राहत रकम उपलब्ध गारइएको भूमी ब्यबस्था, कृषि तथा सहकारी राज्य मन्त्रि रामबहादुर मगरले बताउनुभयो । समन्वय समितिका संयोजक टंक चौहानको अन्यक्षतामा भएको उक्त कार्यक्रममा धनकुटाका प्रदेश सभा सदस्यहरु, धनकुटाका स्थानिय तहका प्रमुख तथा अध्यक्ष तथा किसानहरुको सहभागिता रहेको थियो । मन्त्रालयले आजै तेह्रथुम जिल्लामा समेत किसानहरुलाई राहत बितरण गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here