• 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

 

धनकुटा

धनकुटा नगरपालिका खानेपानी तथा सरसफाई उपभोक्ता समितीले नगर क्षेत्रमा वितरण गरेको खानेपानिको सेवा प्रभावकारी नभएको गुनासो आएपछि पत्राकार सम्मेलन गरेको छ ।

समितीले पत्रकार सम्मेलन मार्फत खानेपानि वितरणको अवस्था , खानेपानीको गुणस्तर सूधार गरि नियमित रुपमा सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । चौबिसै घण्टा खानेपानी सेवा दिने प्रतिवद्धता गरेपनि विभिन्न कारणले हाल उक्त सेवा उपलब्ध गराउन नसकिएको जनाइएको छ ।

यस अघि खानेपानीमा भएका लापारवाहीलाई सुधारेर वितरणमा उच्च प्राथमिकता दिने धनकुटा नगरपालिकाका प्रमुख एवं धनकुटा नगरपालिका खानेपानि सरसफाई उपभोक्ता समिति, धनकुटाका अध्यक्ष चिन्तन तामाङ्गले बताउनुभयो । उहाले खानेपानी उपभोगको अधिकार सुनिश्चित गर्न चुनौति मोलेर यो काममा लागिपरेको जानकारी दिनुभयो ।

दोस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत एशियाली बिकास बैंकका र उपभोक्ताहरुको २३ करोड लागतमा २०७० सालमा धनकुटामा लिफ्टििङ प्रणालिबाट खानेपानी आयोजना सम्पन्न गरिएको थियो । आयोजनाले घनकुटामा ५० बर्षका लागि खानेपानीको समस्या समाधान हुने भन्दै २४ घण्टे पानीको आश्वासन दिईएको थियो ।

  • 1
    Share

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here