ललितपुर,श्रवण २२ ।जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्दा सङ्गठन द्वारा पहिलो चरणको आन्दोलन अन्तर्गत आज ७७ ओटै जिल्ला मा आफ्नो ज्ञापन पत्र बुझाइएको छ।
पहिलो चरण को आन्दोलन अन्तर्गत दोलखाले पनि जिल्ला कार्यलय मार्फत गृह मन्त्रालय लाइ बुझाइएको ज्ञापन पत्र दोलखा जिल्लाको तत्कालिन जनयुद्दको घाइते रिता रिमाल को नेतृत्व मा ३५ जना को हस्ताक्षर सहित बुझाइएको छ। जनयुद्धको घाईते अपाङ्ग हरुको पटक पटक पुन मुल्याङ्गकनको बहानामा देखाइएको नौटङ्कि फेरि पनि धोका पुर्ण तरिकाले गृहमन्त्रालयका नेता कर्मचारीहरुको मिलेमतोमा घाईते अपाङ्गहरुले पाउनै पर्ने सेवा सुबिधा बाट बन्चित गर्ने निर्णय भएको छ त्यो हाम्रो लागि स्वीकार्य छैन बरु हामी ५-७ %साथिहरुले पाउदै आएको भिखजस्तो ५-७ हजार त्याग्न तयार छौ भन्दै आक्रोसित ब्यक्त गरेको थियो।१ लाख देखाएर १ करोड हजमगर्ने तपाईहरुको कुरुप धेरै देखियो,होइन भने खै दात्री निकाय युएन बैदेशिक संस्थाहरु बाट घाईते हरुलाई आएको डलर ? कस्को गोजिमा गैराछ ? हिसाब हामिलेपनी राखेका छौ। होइन भने घाईतेहरुको सहि तरिकाले मुल्यांकन गरि प्रतिशतको आधारमा पाउन पर्ने सुनिश्चित गरियोस। अन्यथा हामी तपाईहरुको भरिभराउ भएको भुडिफोर्न बाध्य हुने छौ भन्दै दोलखा जिल्लाको तत्कालिन जनयुद्दको घाइते प्रखर प्रबाह ले आक्रोश ब्यक्त गरेको थियो।
न नेपाल सरकारले चासो लिन्छ न जनयुद्दको मुख्य नाइके प्रचण्डले नै सान्ति प्रक्रिया मा आको बिसौ वर्षा हुदा पनि विचार घाइते अपाङ्ग जस्ताको तस्तै उता उहाहरुलाई प्रयोग गरि जनयुद्द सफल हुने नेतृत्व वर्ग भने करोडौ को गाडी चढेर हिडेको छन ।दिन रात नभनी खटिएको घाइते अपाङ्ग उपचार नपाएर आज रोडमा भिग माग्दै हिडेको छ । सिन्धुपाल्चोकका घाईते योद्धा नैन बहादुर तामाङ गोलिका कारण आज क्यान्सर जस्तो प्राण घातक रोगसँग लडिरहदा पनि राज्यले कुनै चासो देखिएको छैन जस्को कारण आज सत्तामा रमाइरहेको छ ।यस्तै सबै घाइते अपाङ्ग ले बेहुर्नु पर्ने र राज्यको कुनै पनि घाइते अपाङ्ग प्रति चासो नलिएको भन्दै घाईतेहरुले देश भर आन्दोलन गर्ने चेतावनी दिएको छ।
पहिलो चरण को आन्दोलन अन्तर्गत मुलभुत माग सम्पुर्ण घाइतेको उपचार राज्यकोषबाट हुनुपर्ने,सेवासुबिधा वृद्धि गर्नुपर्ने,गृहमन्त्रयालय द्वारा गरिएको पुन मुल्यांकन प्रतिशत निर्धारण सबै घाईतेको नघटाई हुनुपर्ने र छुटेकाहरुलाइ समाबेश गर्नुपर्ने,तत्काल राहत स्वरुपको प्याकेज सम्पुर्ण घाईतेहरुलाई छुट्याउनु पर्ने र गणतन्त्र प्राप्तिका निम्ति घाईते हुनुभएका घाईते योद्धा हरुको रास्ट्रीय परिचय पत्र सहित राज्यद्वारा सम्मानित गर्नुपर्ने माग राखेको छ। पहिलो चरण् आन्दोलन अन्तर्गतको माग पूरा नभए आफुहरु जस्तोसुकै जोखिमपूर्ण आन्दोलन गर्ने तयारीमा रहेको घाईते योद्धा प्रखर प्रवाह ब्यक्त गर्नुको साथै यो आन्दोलन गर्ने नगर्ने तत्कालीन के पि सरकारको जिम्मेवार रहेको बताउछ्न।