•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा
धनकुटाको पाख्रिबास नगरपालिकाले कृषि पर्यटन विकासकालागि व्यवसायिक कफि खेति कार्यक्रमको सुरुवात गरेको छ । नगरको वडा नं ८ स्थित खत्रि डाडा मुगामा नगरको कफि खेति कार्यक्रम मुगा पाख्रिबास कृषि सहकारी संस्था मार्फत सुरुवात गरेको हो । एक कार्यक्रमको बिच प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले कफिको विरुवा रोप्दै कफि खेति कार्यक्रमलाई शुभारम्भ गरेकाछन् । कफि खेति कार्यक्रमलाई सुभारम्भ गर्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राइले जनता धनि बनाउनका लागि हिजोको निर्वाहमुखि खेतिपातिले जनता धनिनहुने बताउनु भयो । दुइटा भैंसि पालेर अलिकति कोदो रोपेर एकहल गोरु पालेर हाम्रो जिबिको निर्वाह मात्र हुन्छ त्यसैले खेतिपातिलाई व्यवसायिकरण गर्न आवश्यक रहेको भन्दै खेति पाति ठिक ढंगले व्यवसायिकरण गर्न सकियो भने मात्र जनता धनि हुने अनिमात्र समाज र देश धनिहुने बताउनु भयो ।

त्यस्तै गरी पाख्रिबास नगरपालिका प्रमुख तथा मुगा पाख्रिबास कृषि सहकारी संस्थाका सल्हाकार वृष बहादुर राइले निर्वाह मुखि खेति बढ्दै गएको तथा बसाइसराई कारण बाझो जमिन बढ्दै गएकाले बाझो जमिनको सदुपयोग कसरी गर्ने भन्ने विषयमा कृषि अभियान्त जिवन प्रसाद राई संग सल्हा गरेर पाख्रिबासमा कफि खेतिको सम्भावना अध्ययन गर्न लगाएको बताउनु भयो । प्रमुख राइका अनुसार गत अर्थिक वर्ष देखि तिखिमे कृषि परामर्श सेवा फार्मले यो नगरको समुन्द्र सतहको ६ सय देखि १६ सय मिटर मथिको ५ हजार हेक्टर क्षेत्रफलमा ८४ लाख कफी को विरुवा लगाउन सकिने अनुसन्धान गरेको छ । साहि अनुसार कफि खेति विस्तारका लागि नगरले आर्थिक वर्ष २०७७ । ०७८ को निति तथा कार्यक्रम मार्फत नै कफी पकेट क्षेत्र घोषणा गरेर १० लाख वजेट विनियोजन गरेको र ५ लाख कफी को विरुवा उत्पादन गर्ने प्रमुख राइले बताउनुभयो । यो खेतिले तेतिकै खेर गइरहेको बाझो जमिन सदुपयोगका साथै कृषि पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने नगरको अपेक्षा छ । पहिलो चरणमा कफि ५ सय रोपनि जग्गामा ३५ सय वटा कफिको विरुवा रोपेको अब तत्कालै १ हजार रोपनिमा विस्तार गर्ने योजना रहेको मुगा पाख्रिबास सहकारी संस्थाका अध्यक्ष रेवत बहादुर थापाले जानकारीदिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here