•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा ,
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले आफ्नो २१ औं स्थापना दिवश बिभिन्न कार्यक्रम गरी मनाएको छ । कोरोनाका कारण आ–आफ्नो सापेक्षतामा कार्यक्रम सम्पन्न गर्ने क्रममा धनकुटा शाखाले शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । फनिजका जिल्ला अध्यक्ष सन्तबीर लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकारहरुलाई माक्स लगाएतका स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।

फनिज प्रदेशका महासचिव बिदुर खवासको प्रमुख आतिथ्यमा सम्पन्न उक्त शुभकामना आदान–प्रदान कार्यक्रममा बिभिन्न संन्चागृह तथा संस्थामा आवद्ध पत्रकारहरुले शुभकामना दिएका थिए ।
कार्यक्रममा पत्रकार महासंघ धनकुटाका संस्थापक सन्जय सन्तोषी,अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,पूव सभापति बिजय सन्तोषी राई,महासंघका उपाध्यक्ष नगेन्द्र राई,युनियन धनकुटाका उपाध्यक्ष बिकास घिमिरे,कान्तिपुर पब्लिकेशनका रमेसचन्द्र अधिकारी,रेडियो भेडेटारका स्टेशन म्यानेजर पूर्ण चौधरी,फनिज सल्लाहाकार सोभिस चेम्जोङ लगाएतले शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here