•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा ,
धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. ८ भुँवरेकी सजना श्रेष्ठ आत्महत्या प्रकरणमा प्रहरीले किटानी जाहेरी नलिएपछि उनका माईती पक्षले पत्रकार सम्मेलन गरी न्यायको माग गरेका छन् ।
माइती पक्षले नेपाल पत्रकार महासंघ धनकुटा शाखामा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो माग गरेका हुन् । भोजपुर नगरपालिका वडा नं. १० माईत घर भएकी ३४ बर्षिया सजना श्रेष्ठको गएको साउन २४ गते झुण्डिएको अवस्थामा मृत्यु भएको थियो । उनको श्रीमान पाख्रीवास न.पा. वडा नं.८ भुँवरेका गणेश प्रधान बिदेशबाट आएको १० महिना पछि सजनालाई क्वाँटी पुर्णिमा दिन घरमा वोलाएर हत्या गरेको माईती पक्षको दावी छ । सजना श्रीमान विदेश गए देखी नै पाख्रीवास वजारमा पसल गर्दै आएकी थिईन ।

उनीहरुले सजना झुण्डिएको नभै, झुण्डाइएको हो, घटनालाई निश्पक्ष छानविन गरी,अपराधिलाई कानुनी कठघरामा उभ्याएर कार्वाही गर्नु पर्ने माग गर्दै पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा वोल्दै मृतक सजनाकी बुबा बमवहादुर श्रेष्ठले ज्वाँईलाई विदेश नजानु मिलेर पसल गरेर खानु भन्दा मानेन्न, विदेश गएपछि मेरी छोरीलाई हेर्न सकेनन् मारेरै छाडे भन्दै गहभरी आँशु वनाउँदै भने । उनले न्यायको लागी जिल्ला प्रहरी कार्यालय धनकुटामा जाँदा पनि न्याय नपाएकोले पत्रकार सम्मेलन गर्नु परेको गुनासो गरे । मृतकक काका चक्र वहादुर श्रेष्ठले ज्वाईले विदेशबाट फोन गरेर मेरो भतिजी सजनालाई नेपाल आएर मारेर तिन महिना जेल वस्छु भनेर फोनमा धम्क्याएको थिए, आज पु¥याएरै छाडेको उनले भने । ज्वाँई विदेशबाट ०७६ अशोजमा आउँदा सिधै घर नआई केटी लिएर काठमाण्डौ, तरहरा तिरै वसेको उनले वताए ।
मृतकका ठूलो वुवा रामचन्द्र श्रेष्ठले भने–ज्वाँई विदेशबाट आएपछि घर नआउँदा खोजेर ल्याएर छोरी ज्वाँईलाई राखेर पटक÷पटक मिलाउने प्रयास गरियो नमिल्नुको परिणाम आज देखाएरै छाडेको वताए । यता प्रहरीले घट्ना भए देखी नै सजनाको आफन्तसंग अभद्र व्यावहार गरेको, फोटो खिच्न नदिएको, प्रमाणहरु नष्ट गर्न खोजेको, मुजुल्का वनाउँदा मृतकको माईती पक्षलाई वोल्न नदिएको ठूलो वुवा रामचन्द्रको आरोप छ । उनले मृतकको टाउकोमा टुटुल्को उठेको, ओठ सुन्निएको, छातिमा चोट लागेकोले सजनाको मृत्यु आत्महत्या नभै कर्तव्य ज्यानबाट भएको दावी गरे । घट्ना घटयो, अपराध होकि होईन हामीलाई शंका लाग्यो दोषीलाई पक्राउ गरि आवश्याक अनुशन्धान गर भन्दा प्रहरी नमानेको उनको दावी छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले उनको हत्याको किटानी जाहेरी लिन नमानेपछि आक्रोशित परिवारले जिल्ला सरकारी वकील कार्यालय धनकुटामा जाहेरी दर्तागरी पत्रकार सम्मेलन गरेका हन् । माईती पक्षले पाख्रिबास न.पा.८ का बर्ष ३८ का ज्वाई गणेश प्रधान, ससुरा डम्बर प्रधान र साशु भिमकुमारी प्रधान बिरुद्ध हत्याको जाहेरी दर्ता गरेका छन् । मृतकका आफन्तहरुले पत्रकार सम्मेलनमा ज्वाई गणेशले फेसबुक म्यासेन्जर सजनालाई म्यासेज गरेको १ सय ५६ पेज लामो अश्लिल गाली सहित ज्यान मार्न दिएको धम्की र अडियो रेकर्ड सुनाएका थिए ।

घटनाको प्रकृति र बिभिन्न प्रमाणको आधारमा मृतक सजनाको हत्या भएको ठहर आफन्तहरुको छ । प्रहरीले समेत जाहेरी लिन अस्वीकार गरेकोले घटना आत्महत्या नभै हत्या भएको हुनसक्ने भएकाले दोषीलाई छानविनको दायरामा ल्याउन बिज्ञप्ति मार्फत् सजनाको बुवा बमबहादुर श्रेष्ठले पत्रकार, मानव अधिकावादी र सम्वन्धित् सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् ।

घटनालाई लिएर धनकुटाका बिभिन्न संस्थामा आवद्ध महिला अधिकारकर्मीहरुले निष्पक्ष छानबिनमा सहयोगका लागि ऐक्यवद्धता जनाएका छन् । जाहेरी अस्वीकारको बारेमा भने जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले प्रारम्भिक सरजमिन मुचुल्का र डाक्टरी पोसमार्टमका आधारमा आत्महत्या देखिएकोले हत्याको जाहेरी लिन नसकिएको उनको भनाई थियो । उनले घटनाको अनुशन्धान जारी रहने वताएका छन् । मृतकका आफन्त तथा पसलका छिमेकीहरु सिताराम श्रेष्ठ, विष्णुमाया धमला, पाख्रीवास वजारमा सजनाको पसल घरवाला इन्द्रमाया गुरुङ्ग, सीता रासाईली, अधिकारकर्मी कोपिला शंकर लगायतले घट्नाको सत्य तत्थ्य छानविन गर्न माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here