•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा ।

धनकुटा नगरपालिका ९ गुठीटारमा  पहिरोले एक घर पुरेको छ । वर्षाको कारण झरेको पहिरोले हेम कुमार राईको घर पुरेको हो । ढुङ्गा,माटोले वनेको टिनको छाना भएको एक तले घर पहिरोले पुर्दा ४ लाख वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यलय धनकुटा सञ्चार शाखाले जनाएको छ । पहिरोको कारण  हेम कुमारको १२ वर्ष की छोरी सोनिता राई समेत सामान्य घाईते भएको र उनलाई जिल्ला अस्पताल धनकुटामा उपचार गरि घर लगिएको प्रहरीले जनाएको छ । पहिरोले घर पुरेर विस्थापित भएका परिवारलाई आफन्तकोमा सारिएको छ । प्रहरीका अनुसार हेम कुमारको परिवारमा ५ जना सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here