• 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

विराटनगर
प्रदेश १ मा बिहिबार १ सय १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङगमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरका २२ महिला ३८ पुरुष, बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहवीमा ३ पुरुष, धरान १ महिला र बराहक्षेत्र र राधुनीमा १–१ पुरुष, इलामको सन्दकपुरमा ४ पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।

  • 5
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here