•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा,
वर्षाको कारण कोशि लोकमार्ग अन्तर्गत धनकुटाको रुद्रबारी–गुठीटार सडक खण्डको खुरिलामा सडक भासिएको छ । धरान–धनकुटा सडक खण्डको खुरिलामा नियमित रुपमा परिरहेको भारी वर्षाको कारण सडक भासिएको हो । धनकुटा नगरपालिका वडा नं.९ को खुरिलामा पर्ने सो सडक करिव १ सय मिटर लामो भासिएको छ । सडक भासिएसंगै ह्याबी गाडी आवात जावत गर्न जोखिम भएको छ । स्थानिय वासिन्दा गंगावहादुर आलेले भने–हजारौं सवारी साधनहरु गुड्ने सडकमा एक हप्ता देखी सडक नियमित रुपमा भासिएको कारण जोखिम थपिएको बताउनु भयो। तर, हालसम्म सडक डिभिजन कार्यालय धनकुटाले भासिएको सडकमा मर्मत गर्न ध्यान नपु¥याएको आलेले गुनासो गरेका छन् । शनिबार विहानसम्ममा सडक साविकको स्थानबाट करिव ३ मिटर भन्दा वढी उचाईमा भासि सकेको बताउनु भयो । उहााले सडक भासिएको स्थानमा कमेरे माटो र सिमसार पानी उम्रिने क्षेत्र भएकोले नियमित वर्षाले गर्दा सडक भासिने क्रम नरोकिएको बताउनु भयो ।

सडकको भित्ता तर्फ माथि देखि नै जमिन सोरिएर आएकाले त्यहाँ माथिको वस्तीलाई समेत जोखिम वढेको गंगावहादुरले बताउनु भयो । सडक भासिएसंगै सो सडकको छेउतर्फ गाडिएको ३–४ वटा विधुतको पोल पनि ढल्ने अवस्थामा पुगेको छ । सडक पहिरो जानु थालेसंगै विधुतका पोल समेत बाङ्गँगिएको छ । विधुतको पोल ढल्नु अघि नै स्थान्तरण गर्न सम्वन्धित् निकायको ध्यान जान जरुरी छ । कोरोनाको कारण धनकुटा लकडाउन भए पनि कोशि लोकमार्गमा सावारी साधन निर्वाद रुपमा चलिरहेको र रातको समयमा वढी मात्रामा ह्यावी गाडी गुडने भएकाले पनि यात्रा गर्न निश्चित रुपमा जोखिम वढेको छ । विधुत्को ढल्किएको पोल हटाउन हालसम्म विधुत प्राधिकरणको नजर नपरेको स्थानिय लक्ष्मण मगरले बताउनु भयो ।

कोशि लोकमार्गको विशेष गरेर घण्टे, गर्जुवा, लेउती, लावरवोटे, मुलघाट माथिको ११ गोलाई, रुद्रवारी र सल्लेरी वन क्षेत्रमा पर्ने सडक खण्डमा वर्षा याममा पहिरोको कारण यात्रा गर्न जोखिम रहेकाले सचेत भएर यात्रा गर्न समेत डिभिजन प्रमुख शाक्यले सवारी चालकहरुलाई आग्रह समेत गरेका छन् । यस अघि मुलघाट माथिको ११ गोलाईमा पर्ने रुद्रवारी जंगलको ७ नम्वर गोलाईमा पनि करिव ५० मिटर लामो सडक भासिएको छ । उक्त सडक निर्माणमा पनि हालसम्म सडक डिभिजन कार्यालय धनकुटाले चासो देखाएको पाइदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here