•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, भदाै २ गते । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।

आज राष्ट्रकवि घिमिरेको ५:४५ बजे निधन भएको उहाँकी बुहारी विजेता घिमिरेले बताउनुभयाे  । श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर उहाँकाे घरमै उपचार गरिएको थियो । केही समय अस्पतालको उपचारपछि अहिले उहाँको इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो ।

राष्ट्रकवि घिमिरेको मुटु र नाडीको धड्कनमा समस्या देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here