• 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौ/ द बर्गर हाउस एन्ड कन्ची चिकेन फ्राईको संचालक वसन्त लामाको संयोजकत्वमा उठिएको जम्मा रकम २,५२,५०० ” दुई लाख बाउन्न हजार पाँच सय रुपियाँ ” जुगल गाउँ पालिकामा गत हप्ता गएको पहिरो पीडित लाई भन्दै सोही पालिकाका उप मेयर सृजना तामाङलाई हस्तान्तरण गरिएको छ।

गत हप्ता असार २६ गते शुकवार बिहान लिदिमा भयानक पहिरो गएको थियो । उक्ता पहिरो बाट ३ दर्जन भन्दा माथी घरहरु पुरिएको थियो भने पहिरो बाट ३९ जान बेपत्त भएका थिए, त्यसैगरी २२ जानको शव फेला परेका थिए । अहिले सरकारी तवर बाट पनि सहयोग गर्दैछन, त्यसैगरी पहिरोमा पुरिएकोहरुको खोजी कार्यहरु भैरहेको छ ।

यस्तै प्रकृतिक बिपत्तिको बेला सहयोग गर्दै आइरहेका बर्गर हाउस परिवारले चौतर्फी रुपमा सहयोगको क्रम जारी भएको बेला लिदि पहिरो पीडितलाई पनि केही सहयोग हुनेछ भनी केही आर्थिक सहयोग गरिएको बसन्ता लामाले हाम्रो सुनौलो समाज मिडियालाई बताए ।

  • 1
    Share

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here