•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

धनकुटा,
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि त्यसको जोखिमलाई रोक्न धनकुटाको चौबिसे गाउँपालिकाले एकहप्ताको लागि सवारी साधन प्रवेशमा रोक लगाएको छ ।

कोरोना संकट व्यवस्थापन समिति (सिसीएमसी) चौबिसेको आकस्मिक बैठकले चौबिसे गाउँपालिकामा बुधबार २०७७ भदौ १० गते १२.०० बजेदेखि भदौ १६ गते १२.०० बजेसम्म एकहप्ताको लागि एम्बुलेन्स, शववाहन र सरकारी सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधनहरुलाई गाउँपालिका प्रवेशमा निषेध गरिएको चौबिसे गाउँपालिका अध्यक्ष खजिन्द्र राईल बताउनु भयो । एकहप्तासम्म सो गाउँपालिका भित्र कुनै प्रकारका सवारी साधनहरु प्रवेश गर्न पाउने छैनन्–‘गाउँपालिकाद्धारा जारी सुचनामा भनिएको छ ।’

कोरोना संक्रमण भएका जिल्लाहरुबाट खाध्यान्न लगायतका सामग्रीहरु ढुवानी गर्न गाउँपालिकाको अनुमति विना विभिन्न सवारी साधनहरु गाउँपालिका प्रवेश गर्ने गरेका छन् । जसका कारण कोरोना भाइरसको उच्च जोखिम बढ्ने देखिएकाले यस गाउँपालिका भित्र भीडभाड कम गरी संक्रमण जोखिम न्यूनिकरण गर्ने उद्देश्यले सिसीएमसीको भदौ ९ गतेको निर्णय अनुसार एकहप्ता सवारी साधन प्रवेशमा निषेध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितमान जिमीले बताउनु भयो । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि धनकुटा जिल्लाभर भदौ ११ गतेसम्म यस अघिदेखि नै निषेधाज्ञा जारी गरिसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here