•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा
धनकुटा जिल्ला अस्पतालमा पिसिआर परीक्षण हुने भएको छ । स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईका अनुसार संघीय सरकारले पीसीआर परिक्षण मेसिन खरिद गर्न एक करोड बजेट पठाएको जानकारीदिएको छ । कोरोनाको परिक्षणको दायरा बढाउन संघीय सरकारले पीसीआर परिक्षण मेसिन जडान गर्न बजेट निकाशा गरेको हो। पिसिआर परिक्षण मेसिन जडानका लागि बजेटको सिलिङ आएको र अब खरिद प्रक्रिया सुरु भएको गुरागाईले बताउनुभयो । धनकुटामा पिसिआर परिक्षण मेसिन जडान भएपछि कोशी पहाडी जिल्ला धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको स्वाब परिक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको असार १२ गते र कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिले गत भदौ २ गते धनकुटामा पिसिआर परिक्षण मेसिन राख्ने निर्णय गरेको गरेपछि बजेट निकासा भएको हो ।

कोशी पहाडी जिल्लामा पिसिआर परिक्षण मेसिन नहुँदा यी जिल्लामा संकलित स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने गरिएको थियो। जसले गर्दा रिपोर्ट ढिलो आउने तथा संकलित स्वाब हराउने गरेको छ। धनकुटामा पछिल्लो समय आइसोलेसन तयारी हुनु र पिसिआर परीक्षण गर्ने मेसिन सञ्चालकको पनि तयारी हुनुले केही राहत महसुस भएको स्थानीयले बताएकाछन् ।

धनकुटामा पिसिआर परिक्षण मेसिन जडान गर्न कोशी पहाडी जिल्लाका प्रतिनिधीसभा सदस्यहरुको विशेष पहलमा सम्भव भएको धनकुटाका प्रतिनिधीसभा सदस्य राजेन्द्र राईले बताउनु भयो । कोशी पहाडका प्रतिनिधीसभा सदस्यहरु धनकुटा राईसहित तेह्रथुमका भवानी खापुङ, संखुवासभाका राजेन्द्र गौतम र भोजपुरका सुदन किरातीँले पटकपटक स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटेर पहल गरेको धनकुटाका प्रतिनिधीसभा सदस्य राईले बताए । उहाले पटकपटकको पहलपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको असार १२ गते र कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिले गत भदौ २ गते धनकुटामा पिसिआर परिक्षण मेसिन राख्ने निर्णय गरेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here