• 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

भाद्र १८ धनकुटा ।धनकुटामा फेरी निषेधज्ञा थप गरिएको छ । समुदाय स्तरमा कोरोना भाईस फलदै गएपछि यसको नियन्त्रणका लागि मेडालिडि परिर्वतन गर्दै निषेधाज्ञा (पाच दिन) भदौ २२ गते राती १२ बजे सम्म थप गरिएको प्रशासनले जनाएको छ ।

कन्ट्याक्ट टेसिङको आधारमा संकलन गरिएको पिसिआर नमूनाको बाँकी रिर्पोटको नतिजा अउन बाँकी रहेकोले मोडालिटी परिर्वतन गर्दै पाच दिन निषेधाज्ञा थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी तथा सिसिएमसि धनकुटाका अध्यक्ष केशव प्रसाद बिमलीले वताउनुभयो । निषेधाज्ञा जिल्लाभरी नै जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको भनाई छ ।

जिल्लामा तीन हप्ता देखी लगातार लगाईदै आईएको निशेधाज्ञा धनकुटा जिल्ला स्तरीय सिसिएमसिका सदस्य सहित सवै संग मरार्मश गरी थप गरिएको जनाईएको छ । यो अवधिमा सामाजिक दूरी कायम गर्दै मास्क लगाएर सेनिटाईजर तथा सावुन पानीले वारम्वार हात धुएर सवै सूरक्षा विधि अपनाई भादौ २२ गते सम्म अव प्रत्येक दिन दैनिक उपभोग्य, अत्यावाश्यक सामाग्री र अन्य पसल विहान ७ बजे देखी १० बजे सम्म र साझ ५ बजे देखी ७ सम्म खोल्न पाउने उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी गराउनुभयो ।

निषेधाज्ञाको अवधिभर बैंक तथा वितिय संस्था,सकारी कार्यालयहरुले सकेसम्म अनलाईबाट मात्र सेवा प्रवाह गर्न भनिएको छ । यो अवधिमा यातयातका साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाईएको छ भने अत्यावाश्यक काम वाहेक हिडडुल नगर्न सवैलाई सचेत गराईएको छ ।

 

  • 9
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here