• 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

ललितपुर जिल्ला स्थित पुल्चोकमा रातो मछिन्द्रनाथ रथको आज पूर्ण कर्फ्युको बिचमा स्थानीय ले क्षमा पुजा गरिएको छ । २०७६ भदौ १८  बिहिबार रातो मछिन्द्रनाथ रथ तान्ने क्रममा स्थानीय युवाहरु बीच र प्रहरी प्रशासन बीच केहि झडब भएकोले शुक्रबार बिहान ४ बजे देखि बेलुकी १० सम्म पूर्ण रुपमा कर्फ्यु लगाइएको थियो ।

अहिले बिश्व नै कोभिड १९ को आक्रानतले गुज्रिरहेको अबस्थामा नेपालमा पनि प्रभाव परेको छ। यसलाई मध्यनजर गर्दै नेपाल सरकारले पनि नेपाल भरि कोरोन सक्रमण भएको केहि स्थानमा पूर्ण लकडाउन,शर्ट डाउन, निषेधक र कर्फ्यु आदेस जारी गर्दै आइरहेको छ।  यति हुदा हुदै पनि अझै कोरोन संक्रमणीत को संख्या भने दिनानुदि बड्दो क्रममा छ। आज मात्र काठमाडौं उपत्यकामा ४५४ कोरोना संक्रमित थपिएको छ , पछिलो २४ घण्टा भित्र मात्र ४५४ जान कोरोना भाइरसको कारण संक्रमण थपिएको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पत्रकार ब्रिफिङ्गमा जानकारी गरिएको छ ।

यस्तो महामारीको बेला पनि निषेधक तोडेको भन्दै प्रहरी प्रशासनले रातो मछिन्द्रनाथ रथ तानेको भिडलाई रोक्न खोज्दा स्थानीय युवाहरु बीच सामान्य तनाब सिर्जना भएको थियो, एक जना प्रहरी ट्राफिक लाई स्थानीय युवाहरुको भिडले मुसिक्ल संग बचाउन सकेको थियो भने ति घटनाका दोषी स्थानीय युवाहरुलाई आज प्रहरीले नियन्त्रण गरिएको छ। ललितपुर् गुठि संस्थान र अरु संघ संस्थाले पनि जिल्लामा पटक पटक पत्राचार गर्दा र रास्ट्रपति समक्ष पत्राचार गर्दा पनि बेवास्ता गरिएको भन्दै आफुहरु बाध्यात्मक रुपमा रथ तान्नु परेको बताउछन। यस्तो परिस्थितिलाई सामान्य स्थितिमा ल्याउन ललितपुर प्रशासनले शुक्रबार बिहान ४ बजे देखि बेलुकी १० बजे सम्म कर्फ्युको घोषणा गरिएको थियो।

यस्तो परिस्थितिमा पनि रातो मछ्न्द्रनाथा रथको साइत हेर्दा शुक्रबार क्षमा पुजा गर्नु परेको र २२ गते सोमबार बुग्मति स्थित लानु परेको स्थानीयले बताए।

  • 26
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here