•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा ।धनकुटा नगरपालिका वडा नं १ ओक्मालुङका यूवाहरुले आज समाजका लागि एक दिन भन्ने नाराका साथमा लुङ्गधाङ्ग धार्मिक सात तले गुफा तथा लुङ्गधाङ्ग झर्ना जाने बाटो सरसफाइ गरेकाछन् ।

ओक्मालुङ यूवा क्लबका अध्यक्ष उत्सव राइको नेतृत्वमा नगरको पर्यटकिय स्थल लुङ्गधाङ्ग सात तले गुफा र लुङ्गधाङ्ग झर्नामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आवतजावत गर्न सजिलो होस भन्ने उद्देश्यले गुफा र झर्ना जाने बाटो सरसफाई गरेको लुङ्गधाङ्ग धार्मिक सात तले गुफा व्यवस्थापन समितिका सल्हाकार एवम नेकपा नगर अध्यक्ष अर्जुन छाराहाङले जानकारी दिनुभयो । पर्यटकिय स्थल लुङ्गधाङ्ग धार्मिक सात तले गुफा परिसर भित्र धार्मिक आस्था राख्ने पर्यटकहरुका लागि गुफा घुम्न तथा पूजापाठ गर्ने व्यवस्था छ ।

भने लुङ्गधाङ्ग झर्ना र लुङ्गधाङ्ग ओक्मालुङ्ग झोलुङ्गे पुलमा मानिस घुम्न तथा रमाइलो गर्नका लागि विभिन्न ठाँउ रहेको छ । यहाँ पिकनिक स्पोर्ट, स्विमिङ पुल, समेतको व्यवस्था छ । बाटो सरसफाई कार्यमा समूका ५० जना युवाले सहभागिता जनाएको नेकपा नगर अध्यक्ष छाराहाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here