•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

धनकुटा,

धनकुटामा सामुहिक यौन हिंसामा परेका १३ वर्षिय बालिकाले छोरी जन्माएको छ । चार जनाको सामुहिक यौन शोषणबाट अवैध गर्व बोकेर महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाको संरक्षणमा रहेकी एक हिंसा पिडित बालिकाले सोमवार साँझ कोशि अञ्चल अस्पताल विराटनगरमा छोरी जन्माएको हो । शिशु जन्मिएसंगै बालिका माथि यौन हिंसा गरेकै कारण घट्नामा संलग्न ४ जना आरोपीहरु पुर्पक्षको लागी कारगारमा त छन्, तर शिशु भने कस्को शारिरिक सम्पर्कबाट गर्व रहेर जन्मियो त भन्ने कुरा सर्बत्र चासोको विषय बनेको छ ।
१३ वर्र्षीया दलित बालिकामाथि लामो समय देखी पटक÷पटक यौन शोषण गरेको आरोपमा पिडित परिवारको उजुरीको आधारमा उनीहरु पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा एक शिक्षकसहित चार जना अभियुक्तलाई पुर्पक्षको लागी जिल्ला कारगार धनकुटामा थुनामा राखीएको छ । उनीहरुको मुद्धा जिल्ला अदालत धनकुटामा विचारधिन अवस्थामा रहेको छ । चारै जनाले बारम्बार यौन शोषण गरेको किटानी जाहेरी प्रहरीमा परेपछि बालिका महिला पुनःस्थापना सेवा केन्द्रको संरक्षणमा रहेकी थिईन भने पिडकहरु अहिले कारगारमा रहेका छन् ।

हिंसा पिडित बालिका महिला पुनःस्थापना सेवा केन्द्रमा राखिएको ४ महिना पछि अवैध गर्वबाट शिशु जन्माएकी हुन् । उनी महिला पुनःस्थापना सेवा केन्द्र धनकुटामा रहने क्रममा सुत्केरी वेथा लागेकोले आईतवार साँझ जिल्ला अस्पताल धनकुटामा सुत्केरी गराउन लगेका थिए । तर बालिकाको पेटमा रहेको बच्चा उल्टो बसेकाले जिल्ला अस्पताल धनकुटामा सुत्केरी गराउन नमिल्ने भएपछि सोमवार कोशि अञ्चल अस्पताल विराटनगर लगिएको महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाकी उपाध्यक्ष सुक्री राईले बताईन । हिंसा पिडित बालिकालाई ओसिएमसी एकद्धार संकट व्यवास्थापन कार्यक्रमको सहयोगमा निःशुल्क शल्यक्रिया गरेर शिशु जन्मीएको उपाध्यक्ष राईले वताईन । जिल्ला अस्पताल धनकुटाले पनि ओसिएमसी कार्यक्रमको सहयोगमा विराटनगर स्थित् कोशि अञ्चल अस्पताल विराटनगरमा रेफर गरेको थियो ।

त्यसैगरी आफ्नै बुबावाट यौन हिंसामा परि गर्व रहेको चौविसे गाउँपालिकाकी अर्की बालिका पनि सुत्केरी हुने अवस्था रहेको महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाले जनाएको छ । हाल १ जना सुत्केरी भैसकेको, १ जना अशोज अन्तिममा सुत्केरी हुन लागेको र २ जना आफ्नै बुवाबाट जर्वजस्ती करणीवाट गर्व रहेको र ३–४ जना मिलेर जर्वजस्ती करणीमा परेकी १ जना अपाङ्ग बालिका समेत गरी ५ जना केन्द्रको संरक्षण्मा रहेको सेवा केन्द्रकी अध्यक्ष हिमा चेम्जोङ्गले बताईन ।

पुर्पक्षका लागी थुनामा परेकाहरु मध्ये शिक्षक अधिकारी लामो समय देखी यौन शोषण गरेको आरोपमा गएको ०७७ वैसाख २७ गते सनिवार पक्राउ परेका थिए । अन्य ३ जनालाई वैसाख २६ गते शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला अदालत धनकुटाका माननिय न्यायधिश फणिन्द्र पराजुलीको एकल इजलासले उनीहरुलाई पुर्पक्षको लागी थुनछेकको वहस पछि थुनामा राख्ने आदेश दिएका थिए । जिल्ला अदालत धनकुटामा साँछी बकपत्र सकिए पनि कोरोना भाईरसको कारण भएको लकडाउन लगायतले गर्दा पेसी पटक÷पटक सरेकोले फैसला हुन वाँकी रहेको बताइएको छ । पिडकको तर्फबाट उक्त मुद्धालाई फितलो बनाउन भित्री रुपमा पिडित परिवारलाई मनाउन आर्थिक चलखेलको तयारी भैरहेको समचार श्रोतले आफ्नो नाम नछाप्ने सर्तमा दावी गरेको छ ।

बालिकाका आफन्तले किटानी जाहेरी दिएका आधारमा धनकुटा नगरपालिका वडा नं.६ सिरान वजारमा रहेको गोकुण्डेश्वर माविका शिक्षक मदन अधिकारीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । पुर्पक्षको लागी धनकुटा नगरपालिका वडा नंं.–६ का गौरी अत्री, भिमनारयण चोकका एक होटल व्यवसायी देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगर कारगार परेका छन् । छुट्टाछुट्टै मिसिल उठाएर मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुर्व कुमार श्रेष्ठले जनाकारी दिएका छन् । चारै जनाले सामुहिक रुपमा वलत्कार गरेको नभै छट्टा छुट्टै यौन शोषण गरेकाले मुद्धा पनि अलक अलग दर्ता गरिएको श्रेष्ठले वताए । प्रवक्ता श्रेष्ठकानुसार वादी प्रतिवादी दुवै पक्षको साँछी बकपत्र भैसकेकाले अदालतले दण्ड, सजाय र जरिवानाको फैसला गर्न बाँकी रहेको बताए । धनकुटा आत्माराकी ती बालिकामाथि शिक्षक अधिकारी सहित चारै जनाले लामो समयदेखि यौन शोषण गर्दै आएको अनुसन्धानको क्रममा खुलेको थियो । प्रहरीले पक्राउ परेका चारै जनालाई जवर्जस्ती करणी महल अन्तर्गत कारबाही पक्रिया अगाडि वढाएको थियो । पछिल्लो समयमा अदालतले के गरिहरको छ भन्ने आफुलाई जानकारी नभएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here