• 74
  •  
  •  
  •  
  •  
  •  
  •  
    74
    Shares
धुर्व एलयक्स पौडेल
 कविता
बिहानीमा उठ्नेबित्तिकै चिया खानुपर्छ
एकैछिनपछि नास्ता खानुपर्छ
त्यसपछि दालभात,तरकारी खानुपर्छ
दिउसो खाजा खानुपर्छ
खाजा अगिपछि जे जे भेटिन्छ सबै खानुपर्छ
साँझमा फेरि डिनर खानुपर्छ
बेडरुमको बिस्तारा नजिकै को टेबलमा
खानेकुराका आइटम आइटम राखेर
ननिदाउन्जेल टोकीरहनुपर्छ , चपाइरहनुपर्छ
सपनामा पनि खाइरहनुपर्छ
धेरै खाएकाले थिचेर
ऐठन भएपनि होस ,खानुपर्छ ।
कहिलेकाहीँ अमिलो अचार खानुपर्छ
कहिलेफेरि कुखुराको पीरो झोल खानुपर्छ
केहि नभएको दिन पानी मात्र भएपनि खानुपर्छ
पानी पनि भेटिएन भने
यो देशका खानी बेचेर खानुपर्छ ।
अनिकाल लाग्यो भने
यो देशको माटो खानुपर्छ
माटो खान सकिएन भने
कुनै योजना मिलाएर
माटो खनेर बनाएको बाटोबाट खानुपर्छ ।
यतिबेला भक्कु पढ्नुपर्छ
पढेपछि कुनै पदमा पुगिन्छ
अनि हो त्यहीं पदबाट खानुपर्छ
पढ्न सकिएन भने नेता बनौला
या नेताको पछि पछि लागौला
त्यसपछि नखाउ भन्दा पनि
गाउँमा कुलो बनाउने बजेटबाट अलिकति खानुपर्छ
कसैलाई जागिर लाइदिए मात्र पनि कन्फर्म आउछ
युवाहरुलाई स्वावलम्बि कार्यक्रम परेको छ
ति नबजवानहरुलाई दक्ष बनाइदिएकोमा मिलाइमिलाइ अलिअलि खानुपर्छ
बिजुलीको पोल बोकाउँदा
केहि मजदुर को नाम बढी राखेर खानुपर्छ
गाउँमा विपत आइलाग्ला
त्यतिबेला विपतको राहतबाट अलेलि खानुपर्छ
खानचाहि जान्नुपर्छ हजुर बाँच्न सजिलो छ ।
   धुर्व                                                                                 एलयक्स                                                                             पौडेल
शिक्षक तथा कवि
 पाख्रिबास                                                                             नगरपालिका
वडा नं ४                                                                             धनकुटा ,
  • 74
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here