• 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

अशाेज ३ धनकुटा ।धनकुटा नगरपालिका ६ का दीर्घ राेगले पिडित एक जनाले काेराेनालाई जितेका छन् । यसअघि काेराेना पुष्टि भई विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १५ वर्षका उनले काेराेना परास्त गरी आज डिस्चार्ज भएकाे स्वास्थ्य कार्यलय धनकुटाले जनाएकाे छ ।

त्यसैगरि अस्ति अशाेज १ गते धनकुटा नगरपालिकाबाट पिसिअार नमूना संकलन गरि काेराेना जाचका लागि पठाईएका २ जनाकाे नतिजा पनि नेगेटिभ प्राप्त भएकाे स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयाे । अब अशाेज २ गते नमूना संकलन गरि पठाईएका महालक्ष्मी नगरपालिकाका १५ जनाकाे नतिजा भाेलि आउने अपेक्षा छ । याे सँगै अाज विहान १० वजे सम्मकाे विवरण अनुसार जिल्लाका २ हजार १ सय २६ जनाकाे पिसिअार विधिबाट काेराेना जाँच गरिएकाे छ ।
जसमध्ये ४५ जनाकाे पाेजेटिभ र
२ हजनर ६६ जनाकाे नेगेटिभ नतिजा प्राप्त भएकाे छ । पाेजेटिभ नतिजा अाएका मध्ये निकाे हुनेकाे संख्या ४३ पुगेकाे छ । सक्रिय संक्रमित २ जना धनकुटा अस्पतालकाे आईसाेलेसनमा उपचाररत रहेकाछन् ।

  • 1
    Share

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here