???????????????????
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ,

२०७२ सालको भूकम्पपछि पुर्ननिर्माणको लागि सुकाइएको रानीपोखरीको निमार्ण कार्यसकिएपछि ५ वर्षपछि फेरि पानी भरिएको छ । २०७२ माघ २ गते भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले यसको पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् ।
पोखरीको पानी जम्ने सतहसँगै वरिपरि पर्खाल परम्परागत शैलीमा बनाएर २ दिनदेखि केयूकेएल अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले यसमा करिब पौने ३ करोड लिटर पानी भरिसकेको छ ।

पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर शिखर ग्रन्थकु शैलीमा बनिरहेको छ । मन्दिरको गजुर हाल्ने काम मात्रै बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर रमाजुमान मानन्धरका बताउनु भयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरी तथा पुरतत्व विभागले मन्दिर पुनर्निर्माणको जिम्मा लिएका थिए । भक्तपुरका कालीगढ ल्याएर परम्परागत तवरले कालोमाटोको प्रयोग गरेर पोखरीलाई पानी अडिने बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here