• 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

आश्विन ९ धनकुटा ।केही दिनदेखी निरन्तर परिरहेको पानीले धनकुटाको धनकुटा नगरपालिका ५ छुङदेन टोलका राजकुमार राईको छोरा लिला बहादुर राईको ढुंगामाटोले बनेको टिनको छानो भएको १ तले घरको कुनामा रहेको ढुंगामाटोले बनाएको वाल भत्कि वालले घर पुर्दा पूर्ण रुपमा क्षति पुगेको छ ।

सोही स्थानमा ढुंगामाटोले बनेको टिनको छानो भएको २ तले घरको बारदलि समेत भत्कि घरको वालहरु चर्किएको र चर्किएको घर भित्र रहेको सरसामानहरु सूरक्षित स्थानमा सारिएको छ भने मानविय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । घर भित्र रहेको १० वटा कुखुरा, खाधन्न, सरसामान, लत्तकपडा, पुरिदा ३५ लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यलयबाट ३ किलो मिटर पुर्व तर्फ पर्ने यो घटना स्थलमा जिल्ला प्रहरी कार्यलय धनकुटाबाट प्रहरी नायव निरिक्षको नेतृत्वमा टोलि खटिएर उद्धार कार्य भईरहेको जनाईएको छ ।

  • 2
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here