• 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

असोज १० गते । सुनसरीको बराहक्षेत्रमा १२ वर्षीय बालिकाको हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।
बराहक्षेत्र नगरपालिका वार्ड नम्बर १ कटहरेकी १२ बर्षकी मिना राईको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार बालिकाको शव उनकै घरमा भेटिएको जानकारी दिए ।
शवको प्रकृति हेर्दा हत्या देखिन्छ घटनाको अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक थापाले भने घटनामा संलग्न १ जनालाई नियन्त्रणमा लिइएको शव भेटिएको घरमा धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’ समेत मगाई अनुसन्धान भइरहेको थापाले बताए ।

हत्या भएकी बालिका शुक्रवार राती छिमेकीको घरमा धामी बसेको हेर्न आमा,बुबा सहित गएकी थिइन धामी बसेको हेरेर आमा,बुबा घर फर्किँदा उनी घर भित्रै मृत अवस्थामा भेटिएको बताइएको छ । घटनास्थल वरिपरी बियरक बोटलहरू भेटिएको घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले बताएको छ ।

  • 2
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here