• 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

झापा,असोज-१९ गते ।झापाको दमक-९ दिपज्योती उराउ टोल बस्ने ३० बर्षीया रुपा चौधरी भण्डारी लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेकी छीन ।

उनलाई आज विहान साढे ११ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । रुपाले आफ्नै घरबाट ब्राउनसुगरको किनबेच गर्ने गरेको विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो । खानतलासी गर्ने क्रममा पलङमुनि लुकाईछिपाई छुट्टाछुटै ५ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा ३५ ग्राम खैरोहिरोईन ब्राउनसुगर र नगद ७४ हजार ६ सय १५ रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसरी लागुऔषध सहित पक्राउ परेकी रुपा उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

  • 1
    Share

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here