• 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

धनकुटा असोज २२।सहिदभूमि गाँउपालिका धनकुटामा कोभिट १९ प्रभावित कृषकहरुलाई प्रोत्साहान स्वरुप एक करोड बराबरको राहत वितरण कार्यक्रम सुरुभएको छ ।

स्वइस बैंक को आर्थिक सहयोग तथा कारितास नेपाल र पर्डेप नेपाल धनकुटाको जिविको पार्जन सुधार कार्यक्रम अन्तरगत एक करोड बराबरको गाँउपालिकाको १८ सय १४ घर धुरी कृषकलाई कृषिजन्य विउ बिजन तथा कृषि सामाग्रि वितरण गर्न लागेको हो । सहिदभूमि गाँउपालिकामा गाँपालिका अध्यक्ष मनोज राईको अध्क्ष्यक्षता आज बसेको बैठकले जिविको पार्जन सुधार कार्यक्रमलाई व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरी कार्यन्वयन गर्नु भएको छ । बैठक को सहजीकरण पर्डेप नेपाल धनकुटाका कार्यक्रम संयोजक मिन प्रसाद सुवेदिले गर्नु भएको थियो ।
कारितास नेपालका कार्यक्रम संयोजक इन्द्र विकले कार्यक्रममा कृषकहरुलाई टमाटर , काउली बन्द ,सिमि , प्याज ,रायोेसाग लगायत तरकारी बालीको विउ तथा मल वितरण गर्ने जानकारी गाराउनु भएको थियो । साथै उहाले कृषि प्रशिक्षण , कृषि मेसिनहरु हजारी स्प्रे लागाएतको समाग्री पनि राहत प्याकेजमा रहेको जानकारी गारउनु भएको थियो । त्यस्तै गरी सोहि कार्यक्रम अन्तरगत छलफलमा हात धुने कार्यक्रम मार्फत हरेक वडा तथा विद्यालयमा हजार लिटरको ट्याङिङ्क वितरण गरिन्ने निर्णय भएको बताउनु भयो । किसानलाई वितरण गरिन्ने राहात प्याकेजको राहात सामाग्री खरिदका लागि टेन्डर भइसकेको पर्डेप नेपालका कार्यक्रम संयोजक सुवेदिले बताउनु भयो ।
कृषकलाई विउ विजन वितरण कार्य दशै अगाडि सम्पन्न गर्ने योजना रहेको गरिवि निवारण परीयोजना करितास नेपालले जनाएको छ ।
कार्यक्रममा बोल्नु हुदै गाउपालिका अध्यक्ष मनोज राइले राज्यले अघि सारेको समृद्ध नेपाल सुखि नेपाली भन्ने नारा लाई सार्थकता प्रदान गर्नका लागि गाँउ गाँउ टोल टोलमा गरिब कृषकहरु लाई राहत वितरण गरिन्ने कार्यक्रम गाँउपालिकाको निति तथा कार्यक्रममा समावेश गरिएको जानकारी गराउनु हुदै उहाले सरकारी गैहसरकारी राष्ट्रिय र अन्त राष्ट्रिय संघ संस्थाहरु संग समन्वय गर्दै कृषि क्षेत्रमा आमुल परिवर्तणका लागि सहयोग गर्दै जाने बताउनु भयो । साथै उहाले कारितास नेपाल र पर्डेप नेपाल संग समन्वय गरी १८ सय १४ घरधुरी कृषकलाई राहत वितरण गर्न लागेको बताउनु भयो । यो बिउ बिजन वितरण प्याकेज कार्यक्रमले सहिद भुमि गाँउपालिकामा अहिले वार्षिक ५ हजार मेट्रिकटन टमाटार उतपादन हुने गरेको र उल्लेखित उत्पादन बाट गाँउपालिकामा वार्षिक २० करोड भित्रि रहेको जानकारी गराउनु हुदै यस कृषि प्याकेज अनुदान कार्यक्रमले यो भन्दा बढि कृषकले आम्दानि लिन सफलहुने बताउनु भयो ।
कार्यक्रमा सदिभूमि गाँउपालिका प्रमुख रत्नेश्वरी राई , प्रशासकीय प्रमुख राजकुमार शाक्य , वाडा अध्यक्षहरु ५ नं वडाका माल्सु राम राई , वडा नं २ का रत्न बहादुर राई , कारितास नेपालका कार्यक्रम संयोजक इन्द्र विक , पर्डेप नेपाल धनकुटाका अध्यक्ष नरेन्द्र पोख्रेल , पर्डेप नेपाल धनकुटाका कृषि विशेषज्ञ सुर्य प्रसाद सापकोटा र गाँउपालिकाको कृषि प्रा .सा खिर प्रसाद राइ लगायतको सहभागीता रहेको थियो । ,

  • 2
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here