• 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

सुनसरी,असोज- २३ गते ।
सुनसरी ईटहरी-५ स्थित राजमार्ग एरियाबाट दई जना अतिसबाजी (पटका) सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र सोही स्थानका २७ बर्षीय समिर मिया रहेका छन ।

विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो बिहान ०९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राजमार्ग किनारमा पटका बोरा तथा कार्टुनमा लुकाई छिपाई राखेर सप्लाईका लागी मौका छोपी बसिरहेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिईएको थियो । नियन्त्रण संगै बोरा तथा कार्टुन खोलेर हेर्दा SRIVIJAI-COBRA-६७ बण्डल पटका फेला पारी बरामद गरिएको हो ।

यसरी पटका सहित पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

  • 2
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here