•  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरी,असोज-२८ गते ।
सुनसरी भोक्राहा नरसिंह-३ का ४० बर्षीय चन्द्र नारायण साह प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका छन ।

आज विहान ७ बजे विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साहलाई नरसिंह-३ शिवगंज चौकबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रण संगै साहले बोकेको प्लाष्टिकको झोला चेकजाँच गर्दा लुकाई छिपाई राखिएको लागुऔषध Dialex-DC ३० बोतल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here