• 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं,
नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण आज हुने भएको छ ।  स्रोतका अनुसार पुनर्गठनमा परेका नयाँ मन्त्रीहरूले आज सपथ ग्रहणगर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । मन्त्रिमण्डल पुनर्गठनका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेलको मन्त्रालय खालि भएको छ ।

उनलाई रक्षामन्त्रीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त मन्त्रालय आफै समक्ष राखेका छन् । पोख्ररेललाई उपप्रधानमन्त्रीको जिम्मेवारीबाट भने मुक्त गरिएको छैन । त्यस्तै अर्थमन्त्रीको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेललाइ दिएको छ पाएका छन् ।

यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ ।

महिला बालबालिका मन्त्रालयमा रहेका पार्वत गुरुङले भने सञ्चार मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् ।

  • 11
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here